पाख्रिबासमा इभी दुर्घटना हुँदा ७ जना घाइते
धनकुटा । धनकुटाको पािख्रबासमा इभी हाइस गाडी दुर्घटना भएको छ ।
धनकुटाको पाख्रिबास नगरपालिका ५ देबीथानमा आज भोजपुरबाट इटहरीतर्फ जाँदै गरेको प्रदेश १–०२–००१–ज–४६२९ नम्बरको ईभी हाईस गाडी अनियन्त्रित भई सडकबाट २० मिटर तल खसेर दुर्घटना हुँदा सो गाडीमा सवार १६ जनामध्ये ७ जना घाइते भएका छन् ।
घाइते हुनेमा भोजपुर जिल्ला रामप्रसाद राई गाउंपालिका –१ बस्ने अन्दाजी ६५ वर्षीय बीरमाया तामाङ, भोजपुर टेम्केमैयुङ गाउँपालिका ७ का २९ वर्षीय बेगना चेम्जोङ, वडा नं.७ बस्ने ३६ वर्षीय तपिराज राई, झापा बिर्तामोड नगरपालिका–७ बस्ने ८५ वर्षीय कृष्ण बहादुर राई, संखुवासभा चैनपुर नपा–२ बस्ने २७ वर्षीय रमेश कार्की, भोजपुर रामप्रसाद राई गाउँपालिका –१ बस्ने ३६ वर्षीय किशोर तामाङ र भोजपुर भोजपुर ननगरपालिका ७ बस्ने ४८ वर्षीय प्रबिन कुमार सुवाल रहेको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रवक्ता डीएसपी ओमप्रकाश खनालले जानकारी दिनुभयो ।
घाइतेमध्ये बीरमाया तामाङ, बेगना चेम्जोङ, कृष्ण बहादुर राई, तपिराज राईलाई थप उपचारका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको र अन्यको पाख्रीबास आधारभूत अस्पताल पाख्रीबासमा उपचारपछि डिस्चार्ज गरिएको प्रवक्ता खनालले बताउनुभयो ।
दुर्घटनापछि फरार रहेका चालक महालक्ष्मी नगरपालिका वडा नं. ९ बस्ने ३६ बर्षिया प्रकाश भण्डारीलाई नियन्त्रणमा लिइएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस