गैरसरकारी संस्था सम्बन्धी प्रस्तावित ऐनबिरुद्ध ज्ञापन
धनकुटा । सरकारले संघीय संसदमा ल्याउन लागेको गैरसरकारी संस्था सम्बन्धी प्रस्तावित ऐनको धनुटामा विरोध गरिएको छ ।
गैरसरकारी संस्था महासंघ धनकुटाका अध्यक्ष मिन प्रसाद सुवेदीको संयोजकत्वमा धनकुटाका प्रमुख जिल्ला अधिकारी शिवराज गेलाल समक्ष ज्ञापन पत्र बुझाईको छ ।
सो ज्ञापनपत्रमा एउटै संस्था ४ ठाउँमा दर्ता गर्नुपर्ने प्रावधान खारेजी गरिनुपर्ने, गैरनाफामुलक संस्था भए पनि महालेखा परिक्षकको कार्यालयबाट सुचकिृत भएको लेखा परिक्षकबाट लेखा परिक्षण गराउने प्रावधान गलत भएकाले सच्याउनुपर्ने लगायतका मागहरु राखिएको छ ।
आज धनकुटाका प्रमुख जिल्ला अधिकारी गेलाल समक्ष गैरसरकारी सस्था महासंघ धनकुटाका अध्यक्ष मीन सुबेदी, नेपाल पत्रकार महासंघका अध्यक्ष बिदुर खवास सामुदायीक बन उपभोक्ता महासंघ धनकुटा अध्यक्ष निलबहादुर थापा, मानव अधिकार एलायन्सका केन्द्रीय सदस्य केदार दाहाल, सचिव खेम थापा लगायतको सहभागीता रहेको थियो ।

धनकुटा एफ. एम.
प्रतिक्रिया दिनुहोस