मूलघाटस्थित कौशिका आधारभूत विद्यालयका छात्रछात्रालाई शैक्षिक सामग्री हस्तान्तरण

धनकुटा FM
२६ पुष २०८२, शनिबार

धनकुटा । धनकुटा नगरपालिका वडा नं. ९ मूलघाटस्थित कौशिका आधारभूत विद्यालयका छात्रछात्रालाई रोटरी क्लब अफ काष्ठमण्डपको आयोजनामा शैक्षिक तथा विभिन्न सामग्री हस्तान्तरण गरिएको छ ।

कार्यक्रममा रोटरी क्लबका पूर्व अध्यक्ष निरञ्जन भट्टराई, क्लब सदस्यहरू जयराम कार्की, बलराम बराल तथा पत्रकार रमेशचन्द्र अधिकारी लगायतको सहभागितामा सामग्री हस्तान्तरण गरिएको हो ।

उक्त विद्यालयमा अध्ययनरत बैहिरा तथा सुस्त श्रवण भएका बालबालिकाका लागि पोशाक, खेलकुद सामग्री, स्टेसनरीलगायत आवश्यक सामग्री वितरण गरिएको जनाइएको छ । रोटरी क्लबले यस विद्यालयमा १९औँ पटक यस्ता सामग्री सहयोग गर्दै आएको क्लबका पूर्व अध्यक्ष भट्टराईले जानकारी दिनुभयो ।

यसै अवसरमा विद्यालयमा अध्ययनरत कक्षागत रूपमा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने विद्यार्थीहरूलाई नगद पुरस्कारसमेत प्रदान गरिएको थियो ।