संविधानसभा सदस्य अञ्जना ताम्लीसहित महालक्ष्मीका २५० जना श्रम संस्कृति पार्टीमा प्रवेश
धनकुटा । केही दिनअघि मात्रै नेपाली कांग्रेस परित्याग गर्नु भएकी संविधानसभा सदस्य अञ्जना ताम्लीसहित विभिन्न पार्टीबाट २५० जना श्रम संस्कृति पार्टीमा प्रवेश गरेका छन् ।
धनकुटाको महालक्ष्मी नगरपालिका वडा नं. २ मारेककटहरेमा आयोजित कार्यक्रममा श्रम संस्कृति पार्टीका केन्द्रिय अध्यक्ष हर्क साङपाङले उहाँलाई श्रम संस्कृति पार्टीमा प्रवेश गराउनु भयो ।
असार २० गतेमात्रै नेपाली कांग्रेसको तर्फबाट समानुपातिक तर्फबाट दोस्रो संविधानसभा सदस्यसमेत रहनुभएकी नेपाली कांग्रेसका महासमिति सदस्य अञ्जना ताम्ली, नेपाली कांग्रेसको कन्द्रिय समितिमार्फत् ताम्लीसहित नेपाली कांग्रेस कोशी प्रदेश सदस्य मिना राईसहित १९ जनाले नेपाली कांग्रेस परित्याग गरेका थिए ।
सोही दिन पार्टी परित्याग गरेका नेपाली कांग्रेसका क्षेत्रीय सदस्य युवेन तुम्बा, क्षेत्रीय प्रतिनिधि राजकुमारी राई, क्रियाशील सदस्यहरु भोलामान ताम्ली, कृष्ण लिम्बु, जितबहादुर याख्या, भुपाल तुम्बा, देव ताम्ली, सोनी लिम्बु, टंक ताम्ली, चन्द्रकला तुम्बा, इन्द्र तुम्बा, विष्णु भकत लिंखा, प्रविणा तुम्सा, सुजन लिम्बु, धनबहादुर तुम्बा, उदयबहादुर तेयुङ र सुरेन लिम्बु सहित वडा नं. २ का १ सय २६ घरमा २ सय ५० जना भन्दा बढी श्रम संस्कृति पार्टीमा प्रवेश गरेका छन् ।
त्यसैगरी नेकपा एमालेबाट बम प्रसाद ताम्ली, टंक लुङवा, जेवी रोगु, भैरव लिम्बुखिम, तिल बहादुर लुम्बा, बिष्णु भक्त लिंखा, रामप्रसाद रोगु, नरबहादुर तुम्बा, लालबहादुर लुम्बा लगायत श्रम संसकृति पार्टीमा प्रवेश गर्नु भएको छ । त्ययसैगरी जनता समाजवादी पार्टीबाट गुमानध्वज रोगुको नेतृत्वमा एक समुह नै श्रम संस्कृति पार्टीमा प्रवेश गरेको नवप्रवेशी युवेन तुम्बाले जानकारी दिनुभयो ।
सो कार्यक्रममा पार्टी अध्यक्ष हर्क साङपाङले सबै मिलेर पार्टी बनाउनुपर्ने र आगामी स्थानीय तहको निर्वाचनमा पार्टीले विजय हात पार्नेगरी काम गर्न निर्देशन दिनुभयो । श्रमको मुल्य श्रमबाटै प्राप्त हुने बताउँदै उहाँले किसानले अन्न फलाउने बेलामा पार्टी निर्माणको अभियानमा जुट्ने सबैलाई धन्यवाद पनि दिनुभयो ।
सो कार्यक्रममा श्रम संसकृति पार्टीका केन्द्रिय सदस्य चन्द्रकला याख्खा लगायतको उपस्थिती रहेको थियो ।


प्रतिक्रिया दिनुहोस