आदर्श माविमा ५ दिने हस्तलेखन तथा अक्षर सुधार कार्यक्रम सम्पन्न
धनकुटा । घंघरु सामुदायिक सिकाइ केन्द्रको आयोजनामा धनकुटाको सहिदभुमी गाउँपालिका वडा नं. १ सफाईधाप स्थित आदर्श माध्यमिक विद्यालयमा ५ दिने हस्तलेखन तथा अक्षर सुधार कार्यक्रम सम्पन्न भएको छ ।
५ दिनसम्म सञ्चालन भएको सो हस्तलेखन तथा अक्षर सुधार कार्यक्रममा आदर्श माबी सफाइधापमा कक्षा ४ देखि ८ सम्म अध्ययन गर्ने १ सय ७ जना विद्यार्थी सहभागी भएका थिए ।
हस्तलेखन तथा अक्षर सुधार कार्यक्रमको समापन आदर्श मावि सफाईधापका व्यवस्थापन समिति अध्यक्ष कृष्णभगत राईको सभापतित्वमा भएको छ । सो हस्तलेखन तथा अक्षर सुधार कार्यक्रमको समापनमा सहिदभूमि गाउँपालिका वडा नं. १ का वडाध्यक्ष रमेश कुमार राई, विद्यालयका प्रधानाधापक देवानसिंह राई लगायतले बोल्नु भएको थियो ।
सो अवसरमा वडाको तर्फवाट उत्कृष्ट हस्तलेखन गर्ने २ जना छात्र छात्रालाई पुरस्कार प्रदान गरिएको सुचना अधिकारी भुपाल काकीले जानकारी दिनुभयो ।
२०६८ सालमा स्थापित घंघरु सामुदायिक सिकाई केन्द्र जिल्ला र प्रदेशमा उत्कृष्ट सामुदायिक सिकाद केन्द्रको रुपमा पुरस्कृत हुँदै आएको केन्द्रका सदस्य भक्त खड्काले जानकारी दिनुभयो ।

धनकुटा एफ. एम.
प्रतिक्रिया दिनुहोस