कांग्रेस जिल्ला सचिव राईसहित धनकुटा नगरका १० वडा सभापति सम्मानित

धनकुटा FM
१७ असोज २०८३, शनिबार

धनकुटा । नेपाली कांग्रेस धनकुटा नगर कार्यसमितिले पार्टीको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्वाचित जिल्ला सचिव विजय सन्तोषी राईसहित धनकुटा नगरका १० वडा सभापतिलाई सम्मान गरेको छ ।

नवनिर्वाचित नेतृत्वलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिँदै नगर कार्यसमितिले उनीहरूलाई सम्मान गरेको हो । नगर कार्यसमितिका सभापति अमितलो तामाङले विजय सन्तोषी राईसहित वडा सभापतिहरूलाई नेपाली ढाकाटोपी र खादा लगाएर सम्मान गरे ।

सम्मानित हुनेमा धनकुटा नगरपालिका–१ का वीरबहादुर तीतुङ, २ का राजकुमार राई, ३ का शान्तिराम मिश्र, ४ का थिरबहादुर थापा, ५ का गोविन्द राई, ६ का अनिता लुइटेल, ७ का शैलेशमान श्रेष्ठ, ८ का सुशील राई, ९ का सीताराम न्यौपाने र १० का भीम खनाल छन् ।

कार्यक्रममा नगर कार्यसमितिका उपसभापति मञ्जु कार्की र रुपेश श्रेष्ठ, सचिव दामोदर सुवेदी, सहसचिव तथा कार्यसमिति सदस्यहरूको सहभागिता थियो । उनीहरूले सम्मानित पदाधिकारीलाई टीका र खादा लगाएर बधाई तथा शुभकामना दिए ।

नगर कार्यसमितिका सभापति अमितलो तामाङको अध्यक्षतामा भएको कार्यक्रममा उपसभापति रुपेश श्रेष्ठले स्वागत मन्तव्य दिएका थिए भने सचिव दामोदर सुवेदीले सञ्चालन गरेका थिए ।