करेन्ट लागेर कानुको मृत्यु

धनकुटा एफ. एम.
२ साउन २०८१, मंगलबार

काठमाडौं, १ साउन – बारा, सुवर्ण गाउँपालिका-३ सतगंज टोल बस्ने ६० वर्षीय सत्य नारायण साह कानुको करेन्ट लागेर मंगलबार बिहान मृत्यु भएको छ । आफ्नै खेतमा मोटर चलाई पानी पटाउने क्रममा अचानक करेन्ट लागेर गम्भीर घाइते भएका उनको स्थानीय मेडिकलमा उपचारको क्रममा मृत्यु भएको हो ।

रूपन्देही, बुटवल उपमहानगरपालिका-१० स्थित औद्योगिक क्षेत्र भित्र रोडमा लेबर काम गर्ने सल्यान त्रिबेणी गाउँपालिका- ६ घर भएका ५१ वर्षीय कोखराज विकको करेन्ट लागेर मंगलबार बिहान मृत्यु भएको छ । बाटोमा सरिया काट्ने ग्रिन्डर मेसिनबाट अचानक करेन्ट लागेर गम्भीर घाइते भएका उनको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।