हाइड्रोपावरको सामान बोकेको ट्रक धनकुटाको फलामेटारमा आगलागी, चालकको मृत्यु
धनुकटा । धनकुटाको चोविसे गाउँपालिका वडा नं. ४ फलामेटारमा गुढिरहेको ट्रकमा आगलागी भएको छ ।
हायड्रो पावरको सामान बोकेर विराटनगरबाट ताप्लेजुङतर्फ जाादै गरेको प्र १-०२-००१ क ५३६३ नम्बरको ट्रक ब्रेक फेल भई बाटोमा पल्टिँदा आगलागी भएको छ । सो आगलागीबाट ट्रक पूर्णरुपमा जलेको प्रहरीको भनाई छ ।
सो ट्रकमा आगलागी भएको खवर आउनसाथ उक्त घटनास्थलमा सहायक हबल्दार भरत सुवेदीको कमाण्डमा प्रहरी टोलि खटिगएको छ । थप विवरण आउँन बाँकी छ ।
तर स्थानीयले भने नाम, वतन नखुलेको ट्रक चालक च्यापिएर ट्रकभित्रै लजेको र सहचालक घाइते भएका जनाएका छन् ।


प्रतिक्रिया दिनुहोस