धनकुटामा चोरीका घटना बढ्न थाल्यो
धनकुटा । धनकुटामा चोरीका घटनाहरु बढ्न थालेको छ । धनकुटा ५ को विहीबारे हटियामा कोप्चे उत्सव भइरहेका बेला गएराती धनकुटा नगरपालिका वडा नं. ५ कै तल्लो कोप्चेको एक पसलमा चोरी भएको छ ।
तल्लो कोप्चेमा रहेको आषिश कर्माचार्यको पसलबाट राती साँढे १ बजेतिर नगद ४५ हजार रुपैयाँसहित पसलमा राखिएका सामानहरु सहित झण्डै ७५ हजार रुपैयाँ बराबरको चोरी भएका छन् । सो घटनामा संलग्नको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
सो घटनामा पसल चोरी गर्दा सिसिटिभीमा जडान गरेको तार काटेर चोरी गरेको पाइएको छ । सो सिसिटिभी फुटेजमा ती व्यक्तिले चोरी गरेर टुढिखेलसम्म पुगेको देखिन्छ । निजले माक्स लगाएको र ती व्यक्ति शंकास्पद भएकाले खोजी कार्य जारी राखिएको जिल्ला प्रहरी कार्यालय धनकुटाका डिएसपी प्रवक्ता ओमप्रकास खनालले जानकारी दिनुभयो । केही समयअघि पनि धनकुटा ७ एक सहकारीमा चोरी भएको थियो ।


प्रतिक्रिया दिनुहोस