कम्युनिष्ट पार्टी स्थापना दिवस : धनकुटामा गरियो अन्तरसंवाद कार्यक्रम

धनकुटा एफ. एम.
१० वैशाख २०८२, मंगलबार

धनकुटा । नेपालमा कम्युनिष्ट पार्टीको स्थापना भएको दिनको अवसर पारेर केपाल कम्युनिष्ट पार्टीहरुले विभिन्न कार्यक्रम गरेका छन् । सोही अवसर पारेर धनकुटामा लोकतन्त्र अघि र पछिको नेपाली समाजको तुलनात्मक अवस्था बिषयक अन्तरसंवाद कार्यक्रम आयोजना गरिएको छ ।

नेपाल बुद्धिजीवी परिषद् र मानव अधिकार एलाइन्सको संयुक्त आयोजनामा धनकुटामा लोकतन्त्र अघि र पछिको नेपाली समाजको तुलनात्मक अवस्था बिषयक अन्तरसंवाद कार्यक्रम आयोजना गरिएको हो ।

सो कार्यक्रममा सहभागी बक्ताहरुले जनताको बलिदानबाट प्राप्त भएको लोकतन्त्रको अर्काे विकल्प हुन नसक्ने जिकिर गरेका छन् । उनीहरुले लोकतन्त्रकै कारण सबैले अधिकार प्राप्त गरेको तर कार्यान्वयनमा समस्या रहेकाले त्यसलाई सच्याउन दलहरु तयार हुनुपर्नेमा जोड दिए ।

सो कार्यक्रममा नेकपा एमालेका केन्द्रिय सदस्य तथा धनकुटा निर्वाचन क्षेत्र नं. क का इन्चार्ज बिनादेबी राई, नेकपा एमाले केन्द्रिय सल्लाहकार परिषद सदस्य गोपाल गुरागाई, नेकपा एमाले धनकुटा अध्यक्ष शिव आङ्ला, कोशी प्रदेश सदस्य निरन राई, क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका धनकुटा संयोजक गोपाल बिश्वकर्मा, जनता समाजवादी पार्टी जसपाका धनकुटा अध्यक्ष पार्वती राई, नेपाल पत्रकार महासंघ धनकुटाका अध्यक्ष बिदुर खवास, राष्ट्रिय अभिभावक संघका केन्द्रिय वरिष्ठ उपाध्यक्ष सुन्दरबाबु श्रेष्ठ, धनकुटा बहुमुखी क्याम्पसका स्वबियु सभापति युवा तिमिल्सिना लगायतले लोकतन्त्र आएपछि नै आम नागरिकको जीवनमा आमुल परिवर्तन भएकाले लोकतन्त्रको संरक्षणमा लाग्नुपर्नेमा जोड दिनुभयो ।

नेपाल बुद्धिजीवी परिषद् अध्यक्षका अध्यक्ष जेपि भुजेलको अध्यक्षतामा भएको सो कार्यक्रममा जिल्ला समन्वय समिति धनकुटाका उपप्रमप्रमुख साबित्रा राई, नेकपा एमाले धनकुटाका सचिव पर्शुराम नेपाल, उपसचिव नैन बिश्वकर्मा, धनकुटा नगरपालिकाका उपप्रमुख भमिादेवी खनाल, मानव अधिकार एलाइन्सका धनकुटा इन्चार्ज गिता अधिकारी, सामुदायीक बन उपभोक्ता महासंघ धनकुटाका अध्यक्ष नीलबहादुर थापा लगायतको सहभागीता रहेको थियो ।

मानव अधिकार एलाइन्सका धनकुटा अध्यक्ष खिन्द्र अधिकारीले स्वागत गर्नुभएको सो कार्यक्रमको सञ्चालन सचिव रमेशचन्द्र अधिकारीले सञ्चालन गर्नुभएको थियो ।