चियाँसँग कविताको १६ औं श्रृंखला : नयाँ र पुराना सर्जकहरुको आकर्षण बढ्दै

धनकुटा FM
१७ जेठ २०८२, शुक्रवार

धनकुटा । चियाँसँग कविता कार्यक्रममा नयाँ र पुराना सर्जकहरुको आकर्षण बढ्दै गएको छ । आज धनकुटामा आयोजित चियाँसँग कविता कार्यक्रमको सोह्रौं श्रृंखला धनकुटामा एक दर्जन नयाँ र पुराना सर्जकहरुले आफ्ना सिर्जनाहरु पस्किएका छन् ।

धनकुटाकै पहिलो सामुदायीक रेडियो धनकुटा एफएमको संयोजनमा भइरहेको चियासँग कविताको सोह्रौं श्रृंखलामा धनकुटाका नयाँ र पुराना सर्जकहरुले आ–आफ्ना श्रृंजनाहरु सुनाएका छन् । सर्जकहरुले आफ्नो सिर्जनामार्फत समाज परिवर्तनसँगै पछिल्लो राजनीतिक घटना क्रमका बारेमा समेत टिप्पणी गरेका छन् । साथै सर्जकहरुले माया प्रेमका सिर्जना सुनाएका थिए ।

चियासँग कविता कार्यक्रमको चौधौं श्रृंखलामा सर्जकहरु मुकुन्द प्रयास, घनश्याम बराल, बद्रीनाथ अधिकारी, डिल्लीराम फुँयाल, भुषण श्रेष्ठ, गोपाल बराइली, ललित विश्वकर्मा, नेहा राई, रेखा क्षेत्रीका साथै १० वर्षीयरिजन लिम्बुले पनि आफ्ना सिर्जनाहरु पस्किनुभएको थियो ।
यही फागुन २ गतेदेखि धनकुटामा निरन्तर साप्ताहिक रुपमा चियाँसँग कविता भइरहेको छ ।

धनकुटाको साहित्यीक विकासका लागि भन्दै शुरु गरिएको चियासँग कविता कार्यक्रमलाई नयाँ र पुराना पुस्ताका सर्जकहरुलाई एकै ठाउँमा ल्याउने प्रयास भइरहेको चियासँग कविता कार्यक्रमका सञ्चालक गोपाल बराइलीले बताउनु भयो ।