१९ जनाको ज्यान गएपछि पछि हट्यो सरकार, सामाजिक सञ्जाल खुल्ला
काठमाडौं । १९ जनाको ज्यान गएपछि मात्रै सामाजिक सञ्जाल बन्दको निर्णयबाट सरकार पछि हटेको छ ।
हिजो राती बसेको मन्त्रिपरिषद् बैठकले सामाजिक सञ्जाल खुला गर्ने निर्णय गरेको सूचना तथा सञ्चार प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङले जानकारी दिनुभयो ।
मन्त्री गुरुङले जेनजी पुस्ताले सामाजिक सञ्जाल सुचारु गर्ने लगायतका माग राखेकाले तत्काल खुला गरिसकिएको जानकारी दिनुभयो । उहाँले जेनजी पुस्तालाई देश र जनताप्रति जिम्मेवार भई आफ्ना विरोधका कार्यक्रम फिर्ता लिन आह्वान गर्नुभयो ।
मन्त्रालयको जिम्मेवारी समालेको १४ महिनादेखि सामाजिक सञ्जाल नियमन गर्न आफू लागि परेको बताउँदै मन्त्री गुरुङले नेपालमा सामाजिक सञ्जालको नियमन गर्न जरुरी रहेको औँल्याउनुभयो ।
मन्त्रिपरिषद्ले निर्णय गरेसँगै सामाजिक सञ्जालहरू सञ्चालनमा आइसकेको उहाँले जानकारी दिनुभयो । तर, सामाजिक सञ्जाल बन्द गर्ने निर्णयका कारण सरकारले कुनै पश्चाताप नगरेको मन्त्री गुरुङले बताउनुभयो ।


प्रतिक्रिया दिनुहोस