अविरल वर्षाका कारण कोशी राजमार्गअन्तर्गत कोल्बोटेमा भाँसियो सडक, ठूलो सवारी साधन सन्चालनमा लगाइएयो रोक

कुशल याख्खा
१४ कार्तिक २०८२, शुक्रवार

धनकुटा । बिहिवारदेखि परेको अविरल वर्षाका कारण कोशी राजमार्गअन्तर्गत साँगुरीगढी -६ मा सडक भासिएको छ । आज बिहान करिब ११ बजेतिर धरान–धनकुटा सडक खण्डको भेडेटार मुनि कोल्वोटे क्षेत्रमा सडक भासिएको हो ।

पहिरोले सडक भाँसिदा सुमो, माइक्रो जस्ता साना सवारी साधनहरूलाई एकतर्फी रूपमा सञ्चालन गरिएको छ । ठूला सवारी साधनहरूको आवतजावत रोकिएको छ । अहिले पनि सो स्थानमा पहिरो खस्ने क्रम जारी छ ।

अहिले पहिरो पन्छाउने कार्य सुरु भएको र साना सवारी साधन सन्चालन भैरहेको जिल्ला प्रहरी कार्यालय धनकुटाका एसपी शरत कुमार थापा क्षेत्रीले जानकारी दिनु भयो ।

लगातारको वर्षाका कारण तमोर करिडोर अवरुद्ध छ भने, भेडेटार-रबि-राँके सडक खण्ड अन्तर्गत डाँडाबजार नजिक लुम्फाजुङमा पहिरोका कारण सडक अवरुद्ध छ ।