धनकुटामा ब्याडमिन्टन संघको प्रथम अधिवेशन सम्पन्न, यज्ञश्वर अध्यक्ष चयन

धनकुटा FM
५ माघ २०८२, सोमबार

धनकुटा । नेपाल ब्याडमिन्टन संघ कोशी प्रदेशको प्रथम अधिवेशन धनकुटामा सम्पन्न भएको छ । आज धनकुटामा भएको प्रथम अधिवेसनले धनकुटाका यज्ञश्वर श्रेष्ठलाई अध्यक्षमा चयन गरेको छ ।

सो अधिवेसनबाट उपाध्यक्षहरुमा दिपक कुमार आङ्दम्बे र प्रतिक श्रेष्ठ, सचिव प्रकाश राई र कोषाध्यक्षमा मिलन नेम्बाङ चयन हुनुभएको छ । त्यसैगरी सो अभिवेसनबाट प्रेम लिम्बु, जानकी बल्लभ पोख्रेल, मुनिराम राई र मनबहादुर राई सदस्यमा चयन हुनुभएको छ ।

नेपाल व्याडमिनटन संघ कोशी प्रदेशका तदर्थ समितिका अध्यक्ष यज्ञश्वर श्रेष्ठको सभापतित्वमा भएको सो अधिवेसनको संघका केन्द्रिय अध्यक्ष रामजी बहादुर श्रेष्ठले उद्घाटन गर्नुभयो । सो कार्यक्रममा उहाँले संघ गठन भएदेखि नै अदालती प्रक्रिया आदी कारणले धेरै संकट भोग्नुपरेका कारण चाहे जस्तो काम गर्न नसकेको बताउनु भयो । उहाँले सरकारी सहयोग विनै संघले राष्टिय र अन्तराष्ट्रिय स्तरका प्रतियोगितामा सहभागी बनेर मेडलहरु प्राप्त गरिरहेको बताउनु भयो ।

सो अधिवेसनको उद्घाटन कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद (राखेप) का पुर्व सदस्यहरु कुसुम श्रेष्ठ, संघका उपाध्यक्ष चन्द्रशेखर लामा, महासचिव तथा राखेपको पुर्व सदस्य बिरेन्द्र श्रेष्ठ लगायतले संघको एकल प्रयासबाटै खेलकुद क्षेत्रमा निक्कै प्रगति भइरहेको बताउनु भयो ।
सो अधिवेसनको उद्घाटन कार्यक्रमको सञ्चालन रुद्रमणी श्रेष्ठले गर्नुभएको थियो भने स्वागत उपाध्यक्ष सुरेश लिम्बूले गर्नुभएको थियो ।