वाघेखोलामा गरिएको महापुरणबाट १ लाख ६७ हजार नगद संकलन
धनकुटा । धनकुटा नगरपालिका वडा नं.–६, स्थित वाघेखोलामा रहेको धर्मगंगा तथा कैलाशनाथ धाम मन्दिर परिषरमा आयोजना गरिएको श्रीमद्मत्स्य महापुरणबाट १ लाख ६७ हजार २ सय ९० रुपैयाँ नगद संकलन भएको छ ।
गत जेठ ६ देखि १३ गते सात दिनसम्म राधारानी महिला समूहको अयोजना र धर्मगंगा तथा कैलाशनाथ धाम विकास समितिको समन्वयमा धाममा सामुदायिक भवन निर्माणका लागि श्रीमद्मत्स्यमहापुरणको अयोजन गरिएको थियो ।
उक्त पुराणमा विभिन्न कार्यालयहरु, संघ, संस्थाहरु, भक्तजन लगायतबाट ७ दिनमा संकलित जम्मा ७ लाख ६२ हजार ९५ रुपौया आम्दानी भएको महिला समूहकी अध्याक्ष निरुता कटुवालले जानकारी दिनुभयो । जसमध्ये ५ लाख ८५ हजार ८ सय ५ रुपौयाँ खर्च भएको र १ लाख ७६ हजार २ सय ९० रुपौयाँ बचत भएको उहाँको भनाई छ ।
उहाँका अनुसार गुरु दक्षिणा, खाद्यन्न, टेण्ड तथा साउण्ड सिस्टम, ईन्धन, यातायात, व्यानर रसिद, संचार, व्यवस्थापन, पुजा समाग्री खरिद र विविध गरी सो रकम खर्च भएको थियो । त्यस्तै धर्मगंगा धाममा सामुदायिक भवन निर्माणका लागि आयोजना गरिएको पुराणमा विभिन्न क्षेत्रमा आवद्ध तथा समाजिक व्यक्तिहरुले नगद र जिन्सी समाग्री समेत सहयोग गरेको बताइएको छ ।
धनकुटा नगरपलिकाका वडा नं. ६ समाजसेवी गोपाल कटुवाल, दिवाकर दाहाल, कमल कार्की र धनकुटा नगरपालिका वडा नं. ९ का दिपक रायमाझीले व्याक्तिगत तर्फबाट भवन निर्माणका लागि एक एक वटा कोठा निर्माण गरिदिने सो पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । त्यसैगरी नारायण विश्वकर्माले भवन निर्माणका लागि ५१ हजार बराबरको निर्माण सामग्री खरिद र नगद ११ हजार १ सय रुपैयाँ र अभिमाया चापागाईले ५० हजार बराबरको निर्माण सामग्री र २५ सय रुपैयाँ नगद सहयोग गरेको बताइएको छ ।


प्रतिक्रिया दिनुहोस