लैङ्गिक हिंसा तथा महिला अधिकारसम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न

धनकुटा एफ. एम.
१८ असोज २०८३, आइतबार

धनकुटा । दुर्गा लक्ष्मी परोपकार संस्थाको आयोजनामा लैङ्गिक हिंसा तथा महिला अधिकार, घरजग्गा र कानुनी परामर्शसम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम धनकुटामा सम्पन्न भएको छ।

संस्थाका अध्यक्ष सरस्वती श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रममा संस्थाका उपाध्यक्ष धनबहादुर खड्का र सहमहासचिव रीना श्रेष्ठले कार्यक्रम प्रस्तोताका रूपमा सहभागीहरूलाई लैङ्गिक हिंसा, महिला अधिकार, घरजग्गा तथा कानुनी विषयमा जानकारी गराउनुभएको थियो ।

कार्यक्रममा महिलाले आफ्ना संवैधानिक तथा कानुनी अधिकारबारे जानकारी राख्नुपर्ने, हिंसा तथा विभेदमा परेमा कानुनी उपचारको बाटो अपनाउन सक्ने र घरजग्गा तथा सम्पत्तिसम्बन्धी अधिकारका विषयमा समेत सचेत हुनुपर्ने विषयमा छलफल गरिएको थियो । सहभागीहरूलाई दैनिक जीवनमा आइपर्न सक्ने कानुनी समस्या र त्यसको समाधानका उपायबारे आधारभूत जानकारीसमेत दिइएको थियो ।

कार्यक्रममा अतिथि दोजराज बास्तेवाले शुभकामना मन्तव्य राख्दै महिला अधिकार संरक्षण तथा कानुनी सचेतना अभिवृद्धिका लागि यस्ता कार्यक्रमको महत्वपूर्ण भूमिका रहने बताउनुभयो । उहाँले महिलालाई आफ्ना अधिकारप्रति सचेत र सक्षम बनाउन सामाजिक संस्थाहरूले निरन्तर जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा संस्थाका कोषाध्यक्ष महेश श्रेष्ठले स्वागत मन्तव्य राख्दै कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।

कार्यक्रमको समापन गर्दै संस्थाका अध्यक्ष सरस्वती श्रेष्ठले संस्थाले आगामी दिनमा पनि सीपमूलक, स्वास्थ्यसम्बन्धी तथा जनचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिँदै सामाजिक सेवाका अन्य कार्यक्रमलाई समेत अझ सशक्त रूपमा अगाडि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले कार्यक्रम सफल बनाउन सहयोग गर्ने अतिथि, प्रस्तोता, सहभागी तथा संस्थाका पदाधिकारी र सदस्यहरूलाई धन्यवाद ज्ञापन गर्नुभयो ।

कार्यक्रममा संस्थाका पदाधिकारी, सदस्य तथा विभिन्न क्षेत्रका सरोकारवालाहरूको सहभागिता रहेको थियो।