ट्रकको ठक्करबाट धनकुटा बेलहरा दिपेन्द्रराज आठपहरीयाको मृत्यु

धनकुटा FM
२९ असोज २०८३, बिहिवार

धनकु्टा । ट्रकको ठक्करबाट धनकुटा नगरपालिका वडा नं. ९ बेलहरा दिपेन्द्र राज आठपहरीयाको मृत्यु भएको छ ।

सुनसरीको धरान उपमहानगरपालिका वडा नं. ८ भोटेपुलस्थित कोशी लोकमार्गमा ट्रकको ठक्करबाट मोटरसाइकल चालक बेलहराका ३६ वर्षीय राईको घटनास्थलमै मृत्यु भएको हो ।

आज दिउँसो करिब ३ः३० बजे धरानबाट इटहरीतर्फ जाँदै गरेको मोटरसाइकललाई सोही दिशाबाट आएको ट्रकले ठक्कर दिएको थियो । सोही क्रममा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।