एमाले धनकुटा जरा केन्द्रित अभियानमा तीव्र लाग्दै, टोल कमिटी बनाउन व्यस्त
धनकुटा । नेकपा एमाले धनकुटाले जरा केन्द्रित अभियानलाई तीव्र बनाएको छ । धनकुटाका सबै पालिका र वडाहरुको अधिवेसन सम्पन्न नेकपा एमाले धनकुटाले टोल कमिटी गठन अभियानलाई तीव्र बनाएको छ ।
सोही क्रममा धनकुटा नगर वडा न. ३ स्थित लाकुरे सिलङ्वा चाङलुङमा टोल कमिटी गठन भएको छ । जसको अध्यक्षमा रमेश राई, उपाध्यक्ष दिलकुमार राई, सचिव इलिसा राई, उपसचिव सुमन राई र बिजय राई रहनुभएको १५ सदस्यीय कमिटी गठन भएको छ ।
त्यसैगरी स्याउले टोल कमिटी पनि गठन भएको छ । जसको अध्यक्ष सकुन्तला राई, उपाध्यक्ष रुपेश राई, सचिव संगीता राई, उप–सचिव रेनु सुब्बा, सुबास राई लगायत १५ सदस्यीय टोल कमिटी गठन भएको छ ।
नेकपा एमाले धनकुटा नगर वडा न.९ अन्तर्गत माहाङ, सुन्तलाबारी र अम्रेनि टोल कमिटि गठन भएको छ । जसको अध्यक्ष धुर्व भन्डारी, उपाध्यक्ष गणेश बिक, सचिब सुमन बिक, उपसचिब बालिका भन्डारी लगाएत २१ सदस्य कमिटि गठन भएको छ ।
नेकपा एमाले धनकुटा नगर १० नं. वडा कमिटी अन्तर्गत चौधरी गाउँ, जालपादेवी पारीपात्ले र धर्मशाल टोल कमिटी गठन भएको छ । जसको अध्यक्ष डम्बर बहादुर कार्की (ख), उपाध्यक्ष गोविन्द खनाल, सचिव किरण बस्नेत, उप–सचिव वन्दना भट्टराई दाहाल र रिता बस्नेत लगायत १७ सदस्यीय टोल कमिटी गठन भएको छ ।
सो कार्यक्रममा नेपाली कांग्रेस परित्याग गरि कर्णबहादुर भट्टराई र डम्बर बहादुर कार्की नेकपा एमालेमा प्रवेश गर्नुभएको छ ।


प्रतिक्रिया दिनुहोस