माधवलाई फकाउन गएका नारायणकाजी र उपेन्द्रले हप्काई खाए
प्रधानमन्त्री नै नेपालका निवासमा
काठमाडौं,२१ फागुन । कांग्रेससँगको सत्ता गठबन्धनको महत्वपूर्ण एक घटक नेकपा एकीकृत समाजवादी पार्टीलाई थाहै नदिई गठबन्धन तोडेका प्रधानमन्त्री प्रचण्ड माधव नेपाललाई फकाउन उनकै निवास पुगेका छन् । प्रचण्ड जानुअघि माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले निवासमै गएर गठबन्धनमा भएको नयाँ समीकरणकाबारेमा जानकारी दिदै कम्युनिष्ट एकताको प्रस्ताव लैजादा हक्पाइ खाएका श्रेष्ठको केही नचलेपछि प्रधानमन्त्री प्रचण्ड आफै नेपाल निवास पुगेका हुन् ।
नारायणकाजी श्रेष्ठले नेपालसँग सरसल्लाह नगरीकन गठबन्धन फेरबदलको निर्णय गरिएकोमा प्रधानमन्त्रीलाई गल्तीबोध भएको सुनाएका थिए। उनले माओवादी पदाधिकारी बैठकको निर्णय जानकारी गराउँदै गठबन्धनमा सहभागी हुन आग्रहसहित वामपन्थीहरू एक ठाउँमा आउनुपर्ने भन्दै फकाएका थिए । जवाफमा पूर्व प्रधानमन्त्री समेत रहेका नेकपा एसका अध्यक्ष नेपालले सबै कुरा गरिसकेर औपचारिक पुरा गर्न आएको भन्दै हप्काएका थिए । ‘सुरुबाट हामीसँग सल्लाह गरेको भए एउटा कुरा हुन्थ्यो, तर सबै कुरा गरिसकेर हामीलाई औपचारिकतावश प्रस्ताव गर्नुको अर्थ छैन,’ नेपालको भनेका थिए ।
नेपालले मुखले मात्र वामपन्थी सरकार भनेर नहुने भन्दै ‘व्यवहारमा वामपन्थी नदेखिएको टिप्पणी गरे । रास्वपादेखि जसपासम्मलाई बोलाउने, तर कम्युनिष्ट पार्टीलाई उपेक्षा गर्ने पनि वामपन्थी चरित्र हुन्छ ?’ नेपालले प्रश्न गर्नुभयो । आजै जसपा अध्यक्ष उपेन्द्र यादव पनि नेपालको घरमा पुगेका थिए । उनले नेपाललाई सरकारमा नजान सुझाव दिएका थिए । यस्तो सुझाव दिनुमा उनको नेकपा एस सरकारमा नगएमा आफ्नो पार्टी सरकार निर्माणका लागि निर्णायक हुन्छ भन्ने चाल रचेका थिए ।
निर्णायक शक्ति भएको खण्डमा सबै कुरामा बार्गेनिङ गर्न पाइन्छ भन्ने सोचले उनले म्यानुपुलेट गर्न खोजेको नेपालले बुझेपछि उनिमाथि समेत माधव नेपाख खनिएका छन् । यादवले नेपाललाई भनेका छन् ‘तपाईंहरुसँग सल्लाह नै नगरी प्रचण्डले यत्रो निर्णय गरे, किन सरकारमा जानुहुन्छ अब ? सकेसम्म त हामी पनि जाँदैनौैं । जानैपर्यो भने पार्टीबाट एकजना कसैलाई पठाउने हो, म जान्न ।’ यसरी नेपाललाई भाँड्न खोजेका यादव लगत्तै बालुवाटारको गठबन्धन बैठकमा सहभागी भएर प्रचण्डसँग फोटोसेसन पनि गरेपछि यादवप्रतिको विश्वासमा समेत नेकपा एसले शंका गरेको नेताहरुले बताएका छन् ।

धनकुटा एफ. एम.
प्रतिक्रिया दिनुहोस