ई-पासपोर्ट खरिद प्रकरणमा मुछिएका सिद्धार्थ थापा साधारण तारिखमा रिहा
धनकुटा । विशेष अदालतले पासपोर्ट ठेक्का भ्रष्टाचारमा मुछिएका सिद्धार्थ थापालाई साधारण तारिखमा रिहा गरेको छ ।
विशेष अदालतका अध्यक्ष बासुदेव आचार्य र सदस्य हेमन्त रावलको इजलासले जर्मन कम्पनी भेरिडोसका नेपाल प्रतिनिधि थापालाई साधारण तारिखमा छाड्न आदेश दिएको हो ।
राहदानी विभागका महानिर्देशक तीर्थ अर्यालसँगै असार २ गते नै पक्राउ सूचीमा रहनुभएका थापा ‘छोरीको बर्थ डे’ भनेर विदेश गएको भनिएको थियो । उहाँ आज विशेष अदालतमा आफैँ उपस्थित हुनुभएको थियो ।
उहाँ राहदानी छपाइको ठेक्का पाएको जर्मन कम्पनी भेरिडोस जीएमबीएचका नेपाली एजेण्ट हुनुहुन्छ । नाताले पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाका नाति तथा कांग्रेस नेता एवं राष्ट्रियसभा सदस्य सुनीलबहादुर थापाका छोरा हुनुहुन्छ ।
ई(पासपोर्ट खरिद प्रक्रियामा भेरएिसन आदेशको दुरुपयोग गरी राज्यलाई आर्थिक भार पारेको आरोपपछि महानिर्देशक अर्याल पक्राउ परेका थिए । प्रतस्पिर्धात्मक टेण्डर नगरी पुरानै आपूर्तकिर्ता थापासँग सम्झौता थप्दा राज्यलाई घाटा परेको आरोप थियो ।
राहदानी विभागले पाँच वर्षका लागि ६४ हजार थान ई–पासपोर्ट खरदि गर्न २०८१ मंसिरमा टेण्डर निकालेको थियो । डेढ महिनाको छोटो अवधि तोकेर निकालिएको उक्त टेण्डर प्रारम्भिक चरणबाटै विवादमा परेको थियो ।
विशेष अदालतमा हाजिर भएका थापाका विरुद्ध गैरकानुनी लाभहानीअन्तर्गत १० अर्ब १३ करोड ४ लाख ६१ हजार रुपैयाँ बिगो दाबी गरिएको थियो ।
विद्युतीय राहदानी छपाइ तथा खरिद प्रक्रियामा भएको भनिएको अनियमितता सम्बन्धी मुद्दामा विशेष अदालतको आदेशमा राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल ५ लाख, तत्कालीन निर्देशक सुनिलकुमार केसी ४ लाख, तत्कालीन शाखा अधिकृत सोमेश थापा ३ लाख, तत्कालीन कम्प्युटर इन्जिनियर विपिन प्रसाईं ३ लाख र मुल्हबाउर आईडी सर्भिसेजका सहजकर्ता मणिन्द्रराज मल्ल ५ लाख रुपैयाँ धरौटी मा रिहा भएका थिए ।
राहदानी छपाइ ठेक्का प्रकरणमा कारबाहीको माग राखेर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १८ जनालाई प्रतिवादी बनाएर मुद्दा दायर गरेको थियो ।


प्रतिक्रिया दिनुहोस