तेह्र पटक मन्त्रीपरिषद विस्तार भएको प्रचण्ड क्याविनेटमा प्रधानमन्त्रीसहित चार सदस्य मन्त्रीमण्डल
काठमाडौं,२१ फागुन । नयाँ सत्ता गठबन्धनको निर्माणसँगै चार सदस्यीय मन्त्रीमण्डल बनेको छ । प्रधानमन्त्री प्रचण्डको नेतृत्वमा तीन मन्त्रीले सपथग्रहण गरेका हुन् । प्रधानमन्त्रीले पुराना सबै मन्त्रीलाई बर्खास्त गर्नुभएको छ । सोमबार सपथ ग्रहण गरेका मन्त्रीहरुलाई कुनै मन्त्रालय जिम्मेवारी दिइएको छैन । एमालेबाट पदम गिरी, माओवादीबाट हितबहादुर तामाङ र रास्वपाबाट डोलप्रसाद अर्याल विनाविभागीय मन्त्री बनेका हुन् । मन्त्रीहरुको जिम्मेवारी नतोकिँदा प्रधानमन्त्री प्रचण्डले २२ वटै मन्त्रालयको जिम्मेवारी लिनुभएको छ । मन्त्रालय नतोकिदा सम्म नवनियुक्त मन्त्रीले पदभार ग्रहण नगरी नै प्रधानमन्त्री कार्यालयमा हाजिर गर्ने र मन्त्रिपरिषद् बैठकमा सहभागी हुनेछन ।
आम निर्वाचन पछि चुनावी गठबन्धन तोड्दै एमालेको मुख्य सहयोगमा पाँच दलीय गठबन्धन बनाएर माओवादी अध्यक्ष प्रचण्डले ०७९ पुस ११ मा पहिलो पटक प्रधानमन्त्रीको पदभार ग्रहण गर्नुभएको थियो । सोही दिन उहाँले नारायणकाजी श्रेष्ठ, विष्णु पौडेल र रवी लामिछने सम्मीलित सानो मन्त्रीमण्डाल विस्तार गर्नुभएको थियो । यसबीचमा भएका विभिन्न राजनीतिक उतार चढावकाबीच प्रधानमन्त्री दाहालले सोमबार आफ्नो क्याविनेटमा १३ औं पटक मन्त्रीमण्डल पुर्नगठन गर्नुभएको छ ।
०७९ माघ १० मा दोस्रो पटक, माघ १४ मा तेस्रो, माघ २३ मा चौथो, फागुन १४ मा पाँचौ, फागुन १६ मा छैटौं, चैत्र १७ मा सातै पटक मन्त्री मण्डल विस्तार गर्नुभएका दाहालले ०८० बैशाख ३ मा आठौं, बैशाख २१ मा नवौं, बैशाख २४ मा दशौं, जेठ ९ मा एघारौं र साउन २८ मा बाह्रौ पटक मन्त्री परिषद विस्तार गर्नुभएको थियो । एमालेसँगको पुर्नमिलन गठबन्धन पश्चार सोमबार प्रधानमन्त्री दाहालले १३ पटक मन्त्री परिषद पुनर्गठन गर्नुभएको हो ।

धनकुटा एफ. एम.
प्रतिक्रिया दिनुहोस