प्रधानमन्त्री सहित २० मन्त्रीले पाए जिम्मेवारी

धनकुटा एफ. एम.
२५ फागुन २०८०, बिहिवार

काठमाडौं,२४ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको मन्रिमण्डलमा सहभागी भएका मन्त्रीहरुले सपथ लिँदै जिम्मेवारी पनि सम्हालेका छन्। भौतिक पूर्वाधार मन्त्री रघुवीर महासेठ, अर्थमन्त्री वर्षमान पुन, परराष् ट्रमन्त्री नारायणकाजी श्रेष्ठ, गृहमन्त्री रवि लामिछाने सहितले जिम्मेवारी सम्हालेका छन्।

राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त मन्त्रीहरूलाई पद तथा गोपनीयताको शपथ गराएपछि उनीहरु पदवहालीका लागि सिंहदबार पुगेका थिए। सोमबार तीन जनाले विना विभागीय मन्त्रीको शपथ लिएर चार सदस्यीय मन्त्रिपरिषद् बनेकोमा बुधबार प्रचण्डले १६ जना मन्त्री थप गरेका छन्। योसँगै प्रचण्डको मन्त्रिमण्डल २० सदस्यीय बनेको छ।

राष्ट्रपति पौडेलले प्रधानमन्त्री प्रचण्डको नेतृत्वमा गठित मौजुदा मन्त्रिपरिष नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम प्रधानमन्त्रीको सिफारिसमा नियुक्ति, हेरफेर र कार्य विभाजन गरी मन्त्रिपरिषद् गठन गरेका राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

को–को भए मन्त्री ?

नेकपा एमाले 

रघुवीर महासेठ उपप्रधान तथा भौतिक पूर्वाधार, पदम गिरी कानुन न्याय तथा संसदीय मामिला, दामोदर भण्डारी उद्योग, ज्वालाकुमारी साह कृषि, बलराम अधिकारी भूमि व्यवस्था तथा सहकारी, हरि उप्रेती रक्षा, भगवती चौधरी महिला बालबालिका तथा ज्येष्ठ नागरिक र राजेन्द्र राई खानेपानी तथा सिंचाईँ ।

मओवादी केन्द्र 

नारायणकाजी श्रेष्ठ उपप्रधान एवम् परराष्ट्र, वर्षमान पुन अर्थ, शक्ति बस्नेत ऊर्जा तथा जनस्रोत, रेखा शर्मा सञ्चार तथा सूचना प्रविधिमन्त्री र हितबहादुर तामाङ संस्कृति, पर्यटन तथा नागरिक उड्ययन ।

राष्ट्रिय स्वतन्त्र पार्टी

रवि लामिछाने उपप्रधान तथा गृह, डोलप्रसाद अर्याल श्रम तथा रोजगार, विराजभक्त श्रेष्ठ युवा तथा खेलकुद र सुमना श्रेष्ठ शिक्षा ।

नेकपा एसबाट

भानुभक्त जोशी जोशी संघीय मामिला तथा सामान्य प्रशासन र धनबहादुर बुढा मन्त्री बन्ने भएका हुन् सहरी विकास मन्त्री ।