राष्ट्रिय सभा कांग्रेस संसदीय दलको नेतामा कृष्ण सिटौला

धनकुटा एफ. एम.
२७ फागुन २०८०, शनिबार

काठमाडौं,२६ फागुन । राष्ट्रिय सभा सदस्य कृष्णप्रसाद सिटौला राष्ट्रिय सभामा नेपाली कांग्रेस संसदीय दलको नेता पदमा मनोनित भएका छन्। नेपाली कांग्रेस सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाले सिटौलालाई सो पदमा मनोनयन गरेका हुन्।

निजी सचिव केशवराज जोशी देउवाले नेपाली कांग्रेस संसदीय दलको विधान ९संशोधन तथा परिमार्जन सहित, २०७४ ० को धारा १२ को उपधारा ९१० बमोजिम सिटौलालाई संसदीय दलको नेता पदमा मनोनयन गरेको जानकारी दिए।