राष्ट्रियसभा अध्यक्षमा दाहाल–शर्माको भिडन्त

धनकुटा एफ. एम.
२९ फागुन २०८०, सोमबार

काठमाडौं,२८ फागुन । राष्ट्रियसभा अध्यक्षका लागि सत्ता गठबन्धनबाट माओवादी सांसद नारायण दाहाल र नेपाली कांग्रेसका युवराज शर्माबीच भिडन्त हुने भएको छ । संघीय संसद्को निर्वाचन कार्यतालिका अनुसार सोमबार संसद भवन नयाँ बानेश्वरमा दुई जनाको उम्मेदवारी दर्ता भएको छ ।

दाहालको प्रस्तावकमा माओवादीका गोपीबहादुर सार्की र समर्थकमा एमालेका देवेन्द्र दाहाल तथा एकीकृत समाजवादीका बेदुराम भुसाल रहेका छन् । त्यसैगरी नेपाली कांग्रेसको तर्फबाट अध्यक्षमा उम्मेदवारी दर्ता गरेका शर्माको प्रस्तावकमा कांग्रेसकै आनन्दप्रसाद ढुङ्गाना र समर्थकमा लोसपाका किरणबाबु श्रेष्ठ रहेका छन् ।

राष्ट्रियसभा अध्यक्षको मतदान मंगलबार हुँदैछ । राष्ट्रियसभामा अध्यक्षका लागी सत्तापक्ष गठबन्धमा माओवादीका १७, एमाले १०, नेकपा एस ८, जसपाका १ सहित सदस्य छन भने कांग्रेसका १६, सहित अन्य दल प्रतिपक्षमा २२ मत छन् । निर्वाचन सम्म गठबन्धमा गडबढ नभए सत्ता पक्षका दाहाल निवाचित हुने करिव पक्का छ ।