सनातन हिन्दुराष्ट घाेषणा महाअभियानकाे बिशेष छलफल

धनकुटा एफ. एम.
१७ चैत २०८०, शुक्रवार

काठमाडौं,१६ चैत्र । सनातन हिन्दुराष्ट घाेषणा महाअभियानकाे बिशेषा बैठक बसेकाे छ । अभियानका संयाेजक कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद शंकर भण्डारीकाे सभापतित्वमा बसेकाे बैठकमा दर्जनबढी सांसदहरु सहभागी छन् ।

स्मार्ट मल सुकेधारामा चलिरहेकाे छलफलमा अभियानका पक्षमा हस्ताक्षर गर्ने केन्द्रीय सदस्यहरु सहभागी छन् । छलफलमा अभियानका संयाेजक शंकर भण्डारीले कांग्रेसकाे महासमिति बैठकबाट बहसकाे विषया बनेकाे बताए । `प्रधानमन्त्री प्रचण्डले समेत सदनमा याे विषयलाई गम्भीर रुपमा लिनुभएकाे छ´, भण्डारीले भने,-`महासमिति बैठकमा लगेकाे प्रस्तावलाई स्वीकार गरिसकेकाे अवस्था छ ।´

अरु दलका साथिहरुले समेत कांग्रेसले लिडराेल लिईदियाेस भन्ने चाहाना व्यक्त गरेकाे उनकाे भनाई छ । कांग्रेस पार्टीले याे विषयलाई मुल मुद्दा बनाएर अघि बढ्नुपर्ने सबै क्षत्रबाट सुझाव आएकाे भन्दै भण्डारीले एक हप्ताभित्रै सभापतिलाई भेटेर अभियानलाई व्यापकता बनाउने बताए ।