सनातन हिन्दुराज्य घाेषणा अभियानलाई व्यापक बनाओैं – पुष्पा भुसाल
काठमाडौं,१६ चैत्र । पूर्व मन्त्री एवं नेपाली कांग्रेस कन्द्रीय सदस्य पुष्पा भुषालले सनातन हिन्दुराष्ट्र कायम राख्नु पर्छ भन्ने अभियानलाई बृहत् बहसका रुपमा लैजानु पर्ने बताईन् ।
सनातन हिन्दुराष्ट घाेषणा महाअभियानकाे बिशेष बैठकलाई सम्बाेधन गर्दै उनल राष्टसँग जाेडिएकाे विषय भएकाले लाेकतन्त्रकाे मूल्य मान्यता बाेकेकाे कांग्रेसले याे मुद्दाकाे नेतृत्व लिनु पर्ने बताएकी हुन । `सनातन हिन्दुराष्ट्रसँग नेपाल राष्ट्र र नेपाली जनतासंग जाेडिएकाले पार्टीभित्र खुलला बहस सुरु भएकाे हाे´, भुसालले भनीन- `केन्द्री समितिका ४० प्रतिशतले याे एजेन्डालाई स्वीकार गरिसकेकाे छ ।´
अभियानलाई सातवटै प्रदेशमा संस्थागत गर्दै बैचारिक ढंगले अघि बढाउनु पर्ने अभियानताहरुलाई सुझाव दिईन ।

धनकुटा एफ. एम.
प्रतिक्रिया दिनुहोस