केही समयमै कांग्रेस सरकारमा जाने गगन थापाको दाबी

धनकुटा एफ. एम.
१७ चैत २०८०, शुक्रवार

काठमाडौंँ,१६ चैत्र । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले केही समयमा कांग्रेस सरकारमा जाने दाबी गरेका छन् । पार्टीले सञ्चालन गरेको समुदायमा कांग्रेस अभियान अन्तर्गत कपिलवस्तुको लबानमा आयोजित कार्यक्रममा बोल्दै महामन्त्री थापाले अहिले कांग्रेस सरकारमा नभएको र सरकारले केहि समयमा कांग्रेसलाई पच्छाइहाल्ने बताएका हुन् ।

आफूले निरन्तर पार्टीमा निर्वाचन अघि गठबन्धन गर्न हुन नसक्ने कुरा राख्दै आइरहेको भए पनि त्यसो हुन नसकेको उनले बताए। अहिले कांग्रेसमा क्रियाशील सदस्यता लिने प्रक्रिया अप्ठेरो रहेको बताउँदै आगामी दिनमा त्यसलाई खुकुलो बनाउनुपर्नेमा जोड दिए।