घरमा पहिरो खस्दा छोराको मृत्यु, आमाको उद्धार
कास्की – सुतिरहेका बेला घरमा पहिरो खस्दा छोराको मृत्यु भएको छ भने आमाको उद्धार गरिएको छ । बुधबार बिहान ४ बजेतिर पोखरा–२७ को सहेलपाटा भन्ने ठाउँमा घरमा पहिरो खस्दा पुरिएर २२ वर्षीय भीमबहादुर थापाको मृत्यु भएको हो। भीमबहादुरकी आमा ५० वर्षीया कमला थापाको भने सकुशल उद्धार गरिएको छ ।
स्थानीय ५१ वर्षीय मनबहादुर थापाको कच्ची घर माथिबाट खसेको पहिरोमा परी उनका छोरा भीमबहादुको मृत्यु भएको हो। ‘घरभित्र आमा र छोरा सुतिरहेका बेला पहिरोले बगाएकोजिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता, डीएसपी वसन्तकुमार शर्माले बताए । घरमूली मनबहादुर भने घरमा नरहेकाले जोगिएको प्रहरीले जनाएको छ।

धनकुटा एफ. एम.
प्रतिक्रिया दिनुहोस