सिमलतालमा हराइरहेको बस र यात्रुको खाजी कार्यको निरिक्षणमा रवि लामिछाने
निवर्तमान उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सिमलतालमा हराइरहेको बस र यात्रुको खाजी कार्यको निरिक्षण गर्नुभएको छ । मंगलबार बिहान घटनास्थल पुगेर घटनाको विवरण एवं उद्दार कार्यका बारेमा जानकारी लिनुभएको हो । सो क्रममा उद्दारकार्यका लागि सुरक्षाकर्मीसँग पर्याप्त दक्षता रहेपनि साधन श्रोत भने अझै अपुग देखिएको सुरक्षा निकायले जानकारी गराएका थिए ।
लामिछानेले सिमलतालको अवस्थाका बारेमा आफुले वर्तमान गृहमन्त्रीलाई जानकारी गराउने बताउनुभयो । प्राकृतिक प्रकोपको क्षति न्यूनिकरणका लागि कार्यविधि नै बनाएर विपतको तयारी गरेपछि सिमलताल घटना अप्रत्याशित रहेको उल्लेख गर्नुभयो । अन्य स्थानमा पूर्व तयारीका कारण यसपटक धनजनका क्षति कम भएको भन्दै प्रयाप्त नभएको उहाको भनाइ छ ।
चितवनको भरतपुर महानगरपालिका २९ अन्तर्गत नारायणगढ–मुग्लिन सडकको सिमलतालमा लेदोसहितको पहिरोले बगाई त्रिशूली नदीमा बेपत्ता भएका दुईवटा बसमा रहेका ६५ यात्रुमध्ये अहिलेसम्म १५ जनाको शव भेटिएको छ ।
असार २८ गते बिहान सिमलतालमा वीरगन्जबाट काठमाडौं आउँदै गरेको वाग्मती प्रदेश ०३–००६ ख १५१६ नं। र काठमाडौंबाट गौरतर्फ जाँदै गरेको वाग्मती प्रदेश ०३–००१ ख २४५९ नम्बरको बस लेदोसहितको पहिरोले बगाई त्रिशूली नदीमा बेपत्ता भएको थियो ।

धनकुटा एफ. एम.
प्रतिक्रिया दिनुहोस