अमेरिकामा २१ वर्षीया नेपाली युवती मुनाको गोली हानी हत्या
अमेरिकामा ममताको आफ्नै श्रीमानले ज्यान लिएको खबरले देश नै रोएका बेला बेला फेरी अर्को दुखद खबर बाहिर आएको छ । अमेरिका ह्युस्टनस्थित अपार्टमेण्टमा गोली लागेर एक नेपाली युवती मुना पाण्डेको ज्यान लिइएको छ ।
पाण्डेलाई हत्याराले उनको कोठाभित्रै पसेर गोली हानेको प्रारम्भिक अनुसन्धानबाट पुष्टि भएको छ। केही समय देखि अमेरिकी युवकसँग डेटिङ्गमा रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। तर अझै हत्यारा पत्ता लागि नसकेको प्रहरीले जनाएको छ।
हत्याराले उनको ओछ्यानमै पुगेर गोली हानेको भिडियो सार्वजनिक भएको छ। वेष्ट एअरपोर्ट ब्लुभर्डमा रहेको मुनाको अपार्टमेण्टमा उनी आफैँले राखेको सर्भिलेन्स क्यामेराका भिडियो फुटेजहरू प्रहरीले लगिसकेका छन्। सार्वजनिक भएको भिडियोमा मुनालाई तीनवटा गोली हानिएको छ।पोष्टमार्टमको रिपोर्ट आएपछि घटनाबारे थप विवरणहरु प्राप्त हुने जनाइएको छ।

धनकुटा एफ. एम.
प्रतिक्रिया दिनुहोस