अमेकिामा ममता र मिनापछि अर्का युवक पनि मृत फेला
अमेरिकामा १ महिनाको अन्तरमा लगातार ३ जना नेपालीले ज्यान गुमाएका छन् । ममता काफ्ले, मुना पाण्डेपछि अमेरिकामा नै ४७ वर्षी शान्तलाल प्रधान मृत भेटिएका हुन् । पर्वत घर भई अमेरिकाको मेरिल्याण्ड राज्यमा बस्दै आएका ४७ वर्षी शान्तलाल प्रधान मृत भेटिएका हुन् । गत अगस्त २७ मंगलबार उनी मृत फेला परेका हुन् । गणित शिक्षक रहेका प्रधान सन् २०१५ मा अमेरिका पुगेका थिए । उनि सन् २०२२ मा मेरिल्याण्ड ब्यापार गर्न पुगेका थिए ।
प्रधानका पत्नीका साथै एक छोरी र एक छोरा रहेका छन् । उनको शव नेपाल फर्काउने तयारी गरिएको बताइएको छ । मृत्युको कारण पत्ता नलागेको मेरिल्याण्डवासी प्रविन भण्डारीले बताएका छन् । उनको शव नेपाल पठाउन कागजी प्रक्रिया भैरहेको उनले बताए । यसअघि अमेरिकाको ह्युष्टनमा २१ वर्षीया नेपाली विद्यार्थी मुना पाण्डेको हत्या भएको थियो ।

धनकुटा एफ. एम.
प्रतिक्रिया दिनुहोस