सहकारी ठगि प्रकरणमा मेरो संलग्नता नरहेको पुष्टि भयो – रवि लामिछाने

धनकुटा एफ. एम.
१ असोज २०८१, सोमबार

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि  लामिछाने सहकारी ठगि प्रकरणमा आफ्नो संलग्नता नरहेको पुष्टि भएको बताउनुभएको छ ।सोमबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दै लामिछानेले प्रतिवेदनको पूर्ण स्वरुप हेर्न नपाएपनि सहकारी ठगि प्रकरणमा आफ्नो संलग्नता नरहेको छानविन समितिले स्पष्ट पारेको बताउनुभयो ।

गोर्खा मिडियामा लगानीकर्ताले ल्याएको स्रोत हेर्ने काम आफ्नो नभएको भन्दै उहाले संस्थामा रहेको रकम एमडीको रुपमा आन्तरिक काममा खर्च गरेको उल्लेख गर्नुभयो । लामिछानले वास्तविक सहकारी ठगहरुलाई कारवाही गर्नबाट पछि हट्न नहुने बताउनुभयो । आफु संस्थामा रहेका बेला संस्थाको रकम दुरुपयोग नभएको उहाले दावी गर्नुभयो ।

त्यस्तै रास्वपाका अन्य नेताहरुले सहकारी हिनामिनाको आरोपमा रवि लामिछाने पूर्णरुपमा निर्दोश रहेको पुष्टि भएको धारणा राखेका छन् ।