बालुवाटारमा ‘१० हजार मानिस’ उतार्ने रास्वपाको तयारी

धनकुटा एफ. एम.
१४ कार्तिक २०८१, मंगलबार

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले आज बालुवाटारमा १० हजार नेता कार्यकर्ता तथा पार्टी शुभेच्छुक उतार्ने तयारी गरेको छ । रवि लामिछाने पक्राउ परेकोमा राजनीतिक प्रतिशोध साधिएको भन्दै रास्वपाले पार्टीले सभापति रवि लामिछाने पक्राउ परेकोमा राजनीतिक प्रतिशोध साधिएको भन्दै विरोध प्रदर्शन गरिरहेको छ । १० हजार नेता कार्यकर्ता उर्ताने तयारी गरेको हो ।

चावाहिल‚कोटेश्वर‚कलङ्की चोक‚ ललितपुर‚ स्वयम्वु वनस्थली बालाजु एरिया‚सामाखुसी चोक र महारजगञ्ज चोकबाट र्‍याली लिएर नेपाल हाउस पुग्ने बताइएको छ । सबै स्थानबाट ११ बजे र्‍याली निकालेर नेपाल हाउस पुराउने बताइएको छ ।विरोध प्रदर्शनको कमान्डर पुकार वमलाई तोकिएको छ । यस्तै वाग्मती प्रदेश सभापति अच्यूतम लामिछाने‚सुमना श्रेष्ठ‚ सन्तोष परियार‚ डिपी अर्याल र स्वर्णीम वाग्लेलाई तोकिएको र आन्दोलनलाई उनीहरूलेनै सम्बोधन गर्ने झाले जानकारी दिए ।

यसैबिच गृहमन्त्री रमेश लेखक र राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डोल प्रसाद ९डिपी० अर्यालबिच भेटवार्ता भएको छ । सोमबार साँझ गृहमन्त्रीसँग भेट भएको उपसभापति अर्यालले स्वीकार गरे ।भेटका क्रममा समसामयिक विषयमा कुराकानी भएको बताइएको छ ।भेटका क्रममा रास्वपाले आज बालुवाटारमा गर्ने आन्दोलनको बारेमा पनि अर्यालले जानकारी दिएको बताए ।सहकारी बचत अपचलनमा रवि लामिछाने पक्राउ परेपछि रास्वपा सडक आन्दोलनमा छ । रास्वपाले आन्दोलनको कमान्डर पनि अर्याललाई बनाएको छ ।