धनकुटा नगरपालिकाका कार्यपालिका सदस्य मनकला लिम्बूद्धारा विभिन्न सामाग्रीहरु वितरण
धनकुटा । धनकुटा नगरपालिकाका कार्यपालिका सदस्य मनकला लिम्बूले विभिन्न सस्थाहरुलाई विभिन्न सामाग्रीहरु वितरण गर्नुभएको छ ।
कार्यपालिका सदस्य लिम्बुले कार्यपालिका कोषबाट धनकुटा नगरपालिका वडा नं. १ हिलेमा रहेको २ नम्बर बाहिनी अड्डालाई ७० लिटर ५ वटा डस्पिन प्रदान गर्नुभएको छ ।
त्यसैगरी उहाँले हिले फुटबल क्लब १६ वटा जर्सी वितरण गर्नुभएको छ भने ब्याडमिन्टन क्लबलाई विभिन्न सामग्री वितरण गर्नुभएको छ । उहाँले थिङ टोलबस्ती समुहलाई भाडा, कराई, पुन्यु लगायतका सामाग्रीहरु पनि वितरण गर्नुभएको छ ।
यसअघि कार्यपालिका सदस्य लिम्बूले किरात याक्थुङ चुम्लुङ, किरात राई यायोख्खा, नेवा दबु, दलित महिला संघ फेडो, आठपहरीय राई समाज, भुजेल समाज र कुलुङ समाजलाई प्रति संस्था २५ वटाका दरले १ सय ७५ वटा कुर्सी वितरण गर्नुभएको थियो ।
धनकुटा नगरपालिकाले केही वर्षयता संसदीय अभ्यासझैं कार्यपालिका सदस्यहरुलाई वार्षिक २ लाखका दरले रकम विनियोजन गर्ने गरेको छ । कार्यपालिका सदस्यहरुले सो रकमलाई पालिकाभित्र खर्च गर्न पाउँछन् । नेपाली कांग्रेसबाट विजयी भएका कार्यपालिका सदस्यहरुले चाँही पार्टीका तर्फबाट जनप्रतिनिधि नभएका वडाहरुमा खर्च गर्नुपर्ने प्रावधान बनाएको छ ।


प्रतिक्रिया दिनुहोस