धनकुटाको हिले भ्युटावर औपचारिक रुपमा शुरु, बिहान ५ बजेदेखि खुल्ने
धनकुटा । धनकुटा नगरपालिका वडा नम्बर १ मा रहेको पर्यटकिय स्थल हिले भ्युटावर आजदेखि औपचारिक रुपमा सञ्चालनमा आएको छ ।
चिन्तन तामाङ धनकुटा नगरपालिकामा नगरप्रमुख निर्वाचित भएपछि २०७६ सालदेखि प्रत्येक वर्ष बजेट विनियोजन गर्दै धनकुटा नगरपालिका वडा नंं १ हिले सिरानमा भ्युटार निर्माण थालिएको थियो ।
सो टावर निर्माण सम्पन्न भएको लामो समयसम्म पनि सञ्चालनमा आउन सकेको थिएन । तर बिहीबारदेखि औपचारिक रुपमा टावर सञ्चालनमा आएको वडा नं. १ वडाअध्यक्ष वाङ्दा तामाङले जानकारी दिनुभयो । अनौपचारिक रुपमा भने उद्घाटन हुन बाँकी नै छ । सो भ्यु टावर डेढ रोपनी क्षेत्रफलमा फैलिएको छ ।
सो टावरबाट बिहान ५ बजेदेखि साँझ ७ बजेसम्म हिले, पाख्रिबास, सहिदभुमी लगायतका दृष्य अवलोकन गर्न सकिन्छ । सो टावर चढ्न भने २० रुपैयाँ तिर्नुपर्ने भ्यु टाव संरक्षण समितिका अध्यक्ष डेविट तामाङले बताउनु भयो ।
सो भ्यु टावरको औपचारिक रुपमा शुरु हुनुअघि वडा अध्यक्ष वाङ्दा तामाङ, नेकपा एमाले धनकुटा नगर कमिटी अध्यक्ष अर्जुन राई, अनेराश्ववियुका टेकेन्द्र सापकोटा लगायतले भ्यु टावर परिषरको अवलोकल गर्दै फुलहरु, धुपी लगायतका विरुवाहरु रोप्नुभएको थियो ।


प्रतिक्रिया दिनुहोस