देशको राजनीतिक स्थायीत्वको लागि कांग्रेसको विकल्प छैन : पूर्व मन्त्री लिम्बु

धनकुटा एफ. एम.
१५ भदौ २०८२, आइतबार

धनकुटा । नेपाली कांग्रेसका नेता तथा पूर्व मन्त्री डिगबहादुर लिम्बुले देशको राजनीतिक स्थायीत्वको लागि नेपाली कांग्रेसको विकल्प नरहेको बताउनु भयो । पूर्व मन्त्री लिम्बुले मुलुकको समस्या समाधान गर्न नेपाली कांग्रेसले मात्र गर्न सक्ने दावी गर्नु भयो ।

संविधान संशोधन, विकास निर्माण, शिक्षा विधेयक, पार्टीको विधान संशोधन, समसामयिक विषयमा सुझाव संकलन गर्ने क्रममा धनकुटा आइपुग्नुभएका पूर्व मन्त्री लिम्बुले कांग्रेसलाई गुटरहित बनाउन सबै एकजुट हुनेपर्नेमा पनि जोड दिनुभयो ।

पूर्वमन्त्री लिम्बु पाँचथर, ताप्लेजुङ र तेह्रथुममा भएको कार्यक्रममार्फत सुझाव संकलन सकेर धनकुटा आइपुग्नु भएको नेपाली कांग्रेस धनकुटाका जिल्ला सचिव विजय सन्तोषी राईले बताउनु भयो ।

सो अवसरमा संविधान सभा सदस्य लिला सुब्बा, नेपाली कांग्रेसका कोशी प्रदेश कार्य समितिका सदस्य नविन किशोर शाक्य, प्रशिक्षण विभागका सदस्य दिनेश अधिकारी, नेपाली कांग्रेस मोरङका सचिव मोध राज घिमिरे, नेपाल ट्रेड युनियन कांग्रेसका केन्द्रिय सदस्य विगेन्द्र याख्खा, नेपाली कांग्रेस धनकुटाका जिल्ला सचिव विजय सन्तोषी राई, नेपाल पत्रकार महासंघ कोशी प्रदेशका निर्वतमान अध्यक्ष लिलाबल्लव घिमिरे, नेपाल विद्यार्थी संघका केन्द्रिय सदस्य साजन जंग कुवर, नेपाली कांग्रेस धनकुटाका जिल्ला सदस्य बुद्धीकान्त घिमिरे, प्रदेश सभा निर्वाचित क्षेत्रिय समिति धनकुटाका उपसभापति मिलन खड्गी, नेपाल पत्रकार महासंघ धनकुटाका अध्यक्ष विदुर खवास, नेपाल शिक्षक संघ धनकुटाका अध्यक्ष थिरेन्द्र वहादुर लिम्बु, लोकतान्त्रिक खेलकुद महासंघ धनकुटाका अध्यक्ष शम्भु प्रधान लगायतले संविधान संशोधन, पार्टीको विधान संशोधन, शिक्षा विधेयक र संगठन विस्तारका विषयमा सुझाव दिनु भएको थियो ।

नेपाली कांग्रेस धनकुटाका जिल्ला उपसभापति निर्मल प्रसाद ओझाको सभापतित्वमा भएको उक्त कार्यक्रममा स्वागत मन्तव्य जिल्ला सदस्य मिनबहादुर कार्कीले व्यक्त गर्नु भएको थियो ।