साँगुरीगढीमा सरसफाई प्रवद्र्धन कार्यक्रम सम्पन्न

कुशल याख्खा
७ मंसिर २०८२, आइतबार

धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिका वडा नं. ३ अन्तर्गत खुवाफोक स्वास्थ्य चौकीले २०८२ मंसिरमा नियमित खोप सेवा मार्फत सरसफाई प्रवद्र्धन कार्यक्रम सम्पन्न गरेको छ ।

खुवाफोक स्वास्थ्य चौकीका प्रमुख पविन लिम्बूका अनुसार सरसफाई प्रवद्र्धन कार्यक्रम अन्तर्गत स्वास्थ्यकर्मीहरूले अभिभावक तथा गर्भवती महिलालाई नियमित खोपको महत्व, व्यक्तिगत सरसफाई र दैनिक जीवनमा पर्ने सकारात्मक प्रभाव, वृद्धि अनुगमन, पूर्ण स्तनपान, बहु–सूक्ष्म पोषक तत्व, थप खाना लगायतका विषयमा स्वास्थ्य शिक्षा प्रदान गरेको थिए ।

आज साँगुरीगढी गाउँपालिका वडा नं. ३ का २३ जनाले सेवा प्राप्त गरेको खुवाफोक स्वास्थ्य चौकीका प्रमुख पविन लिम्बुले जानकारी दिनुभयो ।।