धनकुटाबाट रास्वपाबाहेक सबै पार्टीले बुझाए समानुपातिक सुची, कुन पार्टीबाट को-को परे ?

पार्टीहरुले बुझाएको नामावलीमा पूर्वमन्त्रीदेखि कलाकार, पत्रकार र क्रिकेट खेलाडीसमेत समेटिए

धनकुटा FM
१४ पुष २०८२, सोमबार

धनकुटा । यही फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि राजनीतिक दलले समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्दसूची पेश गर्ने आज अन्तिम दिन हो । निर्वाचन आयोगमा नाम बुझाउनुअघि धनकुटाका सबै राजनीतिक दलहरुले आफ्नो पार्टीलाई नामहरु बुझाइसकेका छन् ।

धनकुटाबाट नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी, जनता समाजवादी पार्टी (जसपा नेपाल), राष्ट्रिय प्रजातन्त्र पार्टी, श्रम संस्कृति पार्टी लगायतले उम्मेवदारको सुचीमा पार्न नामहरु पठाइसकेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भने समानुपातिक तर्फ कुनै पनि उम्मेदवारको नाम सिफारीस गरेको छ ।

धनकुटामा क्रियाशील राजनीतिक पार्टीहरुले बुझाएको नामावलीमा पूर्वमन्त्रीदेखि कलाकार, पत्रकार र क्रिकेट खेलाडीसमेत समेटिएका छन् । नेपाली कांग्रेसले सुनीलबहादुरलाई राष्ट्रिय सभा सदस्यका लागि सिफारीस गरेकोे छ । उनी राष्ट्रपति रामचन्द्र पौडेलका राजनीतिक सल्लाहकार हुन् । यद्यपि उनले राजीनामा दिइसकेका छन् ।

जसपा नेपालले पूर्वमन्त्री रकम चेम्जोङको नाम समानुपातिकमा सिफारीस गरेको छ । उनी गत निर्वाचनमा धनकुटा ‘क’ बाट उम्मेदवार बनेका थिए । त्यसैगरी नेपाली कम्युनिष्ट पार्टीले पूर्व शिक्षा राज्यमन्त्री धनमाया विश्वकर्मालाई समानुपातिकमा सिफारीस गर्दा चर्चित गायक शम्भु राईलाई प्रत्यक्षमा सिफारीस गरेको छ ।

नेपाली कम्युनिष्ट पार्टीले दुई जना क्रियाशील पत्रकारलाई सिफारीस गरेको छ । जसमा नेपाल पत्रकार महासंघका पूर्व केन्द्रिय सदस्यहरु गोपाल बराइली र सरीता बराइली छन् । उता राप्रपा धनकुटाले यु–१९ का क्रिक्रेट खेलाडी विभत्सु थापालाई पत्यक्षमा सिफारीस गरेको छ ।

नेकपा एमाले धनकुटाले कोशी प्रदेशका पूर्व प्रदेश सांसद विनादेवी राईलाई अल्पसंख्यक समूहबाट सिफारीस गरेको छ भने नेपाली कम्युनिष्ट पार्टीले कोशीका पूर्व सांसद कुमुमकुमारी श्रेष्ठको नाम सिफारीस गरेको छ ।

यस्तो सिफारीसको अवस्था

नेपाली कांग्रेस
प्रत्यक्षतर्फ
गगनकुमार थापा
दिनेश राई
हरीकुमार राई
मनोहर नारायण श्रेष्ठ
समानुपातिकतर्फ
कमोड फाँगो
करुण कटुवाल
टिकादेवी भण्डारी
अम्बिका धमला
सिता प्रधान
मिना राई
राष्ट्रिय सभातर्फ
सुनीलबहादुर थापा
आनन्द सन्तोषी राई
अजित नारायण सिंह थापा
लिला सुब्बा
अन्जना ताम्ली
रविन्द्र नेपाली
हरी दियाली
अम्बिका परियार
इन्दु दर्नाल

नेकपा एमाले
समानुपातिकतर्फ
विनादेवी राई
नैन विश्वकर्मा
यज्ञकुमारी रुचाल
खेमनाथ घिमिरे
मेनुका निरौला पौडेल
गणेशकुमार राई ‘उज्वल’

नेपाली कम्युनिष्ट पार्टी
प्रत्यक्षतर्फ
धर्मराज पौडेल
शम्भु राई
टेकनाथ आचार्य
नगेन्द्र गहतराज
विष्णुमाया कन्दङवा
लोकेन्द्र राई
समानुपातिकतर्फ
धनमाया विश्वकर्मा
कुसुम श्रेष्ठ
गोपाल बराइली
सरीता बराइली

राष्ट्रिय प्रजातन्त्र पार्टी
प्रत्यक्षतर्फ
विभत्सु थापा
समानुपातिकतर्फ
कुमार बहादुर थापा
इन्दिरा भण्डारी
धर्मध्वज राई
मानबहादुर विश्वकर्मा
नरेन्द्र राई
सानुमाया तामाङ
पवित्रा श्रेष्ठ
धनमाया गुरुङ
रुविना सुनार
नमुना राई

राप्रपा पवित्रा श्रेष्ठ पक्षधरबाट
प्रत्यक्षतर्फ
पवित्रा श्रेष्ठ
कुमारबहादुर थापा
ध्रुवकुमार छारा
समानुपातिकतर्फ
घामलाल राई
हरीप्रसाद घिमिरे
सूर्यमाया थापा

जनता समाजवादी पार्टी नेपाल
प्रत्यक्षतर्फ
अर्जुन थापा
मनिराज लुङ्गेली
मंगलबहादुर लिम्बु
समानुपातिकतर्फ
रकम चेम्जोङ
राजकुमार राई
हेमकर्ण तुम्सा
बलबहादुर अधिकारी
पार्वती राई
सोनिका राई
सूर्यकुमारी याखा
शर्मिला राई

श्रम संस्कृति पार्टी
समानुपातिकतर्फ
आकास राई
सन्तोष राई
इन्द्रकुमारी राई
कमला राई
मुना राई