मत परिणाम नआएसम्म धनकुटामा मदिरा बेचविखनमा लगाइयो प्रतिवन्ध

धनकुटा FM
१५ फागुन २०८२, शुक्रवार

धनकुटा । प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै धनकुटामा मदिराजन्य वस्तुको उत्पादन, बिक्रीवितरण तथा सेवनमा प्रतिबन्ध लगाइएको छ ।

जिल्ला प्रशासन कार्यालय धनकुटाले सुचना जारी गर्दै स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्ने उद्देश्यले धनकुटा जिल्लामा मदिराजन्य पदार्थको बिक्री वितरण तथा सेवनमा प्रतिबन्ध लगाइएको हो ।

जिल्ला प्रशासन कार्यालय धनकुटाले जारी गरेको सूचना अनुसार बिहिवारदेखि निर्वाचनको अन्तिम परिणाम घोषणा नभएसम्म धनकुटा जिल्लाभित्र घरेलु मदिरा उत्पादन गर्न, सबै प्रकारका मादक पदार्थ विक्री वितरण गर्न तथा सेवनमा प्रतिबन्ध लगाइएको छ ।

यो सूचना विपरीतका क्रियाकलापहरु कहीँकतै भए गरेको पाईएमा प्रचलित कानून बमोजिम कारवाही हुने धनकुटाका सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद रेग्मीले बताउनु भयो ।