धनकुटामा मतान्तर बढाउँदै नेकपा एमालेका राजेन्द्र राई, पच्छ्याउँदै श्रम संस्कृतिका सानबहादुर राई

धनकुटा FM
२३ फागुन २०८२, शनिबार

धनकुटा । धनकुटामा नेकपा एमालेले मतान्तर बढाउन थालेको छ । शुरुवाती समयमा अग्रता लिएको श्रम संस्कृति पार्टीलाई नेकपा एमालेले निक्कै पछि पारेको छ ।

पछिल्लो मत परिणाम अनुसार नेकपा एमालेका राजेन्द्र राईले ८ हजार ७ सय ६१ मत ल्याउँदा श्रम संस्कृति पार्टीका सान बहादुर राईले ६ हजार ८ सय ७४ मत ल्याउनु भएको छ ।

मुख्य निर्वाचन कार्यालय धनकुटाले सार्वजनिक गरेको पछिल्लो मत परिणाम अनुसार श्रम संस्कृति पार्टीका सानबहादुर राई एमालेका राजेन्द्र राई भन्दा १ हजार ८ सय ८७ मतले पछि पर्नुभएको छ ।

धनकुटामा २६ हजार ८ सय २२ मत गणना गर्दा नेपाली काग्रेसका  दिनेश राईले मत बढाउन थाल्नुभएको छ । उहाँले अहिलेसम्म ५ हजार १ सय १ मत पाउनुभएको छ । अहिले एमाले र श्रम संस्कृति पार्टीबीच १ हजार ८ सय ८७ मतको अन्तर छ भने श्रम संस्कृति पार्टी र नेपाली कांग्रेसबीच १ हजार ७ सय ७३ मतको फरक छ । पहिलो रहेको एमाले र कांग्रेसबीच पनि ३ हजार ६ सय ६० मतको अन्तर छ ।

त्यसैगरी पछिल्लो मत परिणाम अनुसार रास्वपाका दिनेश भण्डारीले ३ हजार ७ सय ५१ मत पाउनुभएको छ ।

नेपाली कम्युनिस्ट पार्टीका धर्मराज पौडेलले ९ सय ६५, राष्ट्रिय प्रजातन्त्र पार्टीका बिभत्सु थापाले ३ सय ८ मत, मङ्गोल नेशनल अर्गनाइजेसनका सागर राई २८, सङ्घीय लोकतान्त्रिक मंचकाका बालकुमार ताम्लीले ५०, नेमकिपाका उत्तम साखकर्मीको ११, जसपा नेपालका आइतराज लिम्बूको ३ सय ६१ मत प्राप्त भएको छ ।

त्यसैगरी राष्ट्रिय परिवर्तन पार्टीका शालिकराम राईले ७५, नेकपा (माओवादी)का रबिन कुमार राईले ४६, जसपाका निशान राईले १ सय २८, आम जनता पार्टीका प्रेमबहादुर थापाको ३६, स्वतन्त्र उम्मेदवारहरु जीतेन्द्र राईको ५०, मनकुमार योन्जनको ३७ र लाक्पा तामाङले २ सय ९० मत प्रापत भएको छ ।

धनकुटामा २६ हजार ८ सय ६२ मत गणना गर्दा २ हजार १ सय ४६६ मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय धनकुटाले जनाएको छ ।।