धनकुटामा १८१३२ मत प्राप्त गर्दै एमालेका राजेन्द्र राई विजयी
धनकुटा । धनकुटामा केहीबेर अघि सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनमा नेकपा एमालेका नेता राजेन्द्र राई निर्वाचित हुनुभएको छ । उहाँले नेपाली कांग्रेसका दिनेश राईलाई फराकिलो मतान्तरले पराजित गर्दै तेस्रोपटक जित हात पार्न सफल हुनुभएको हो ।
प्रतिनिधिसभा सदस्यमा निर्वाचि राईले १८ हजार १ सय ३२ मत प्राप्त गर्नुभएको छ । उहाँका निकटतम् प्रतिद्धन्द्धी नेपाली कांग्रेसका दिने राईले १४ हजार २ सय ५७ मत प्राप्त गर्नुभएको छ । राजेन्द्र राई ३ हजार ८ सय ७५ मतान्तरले विजयी हुनुभएको हो ।
त्यसैगरी शुरुवाती चरणदेखि अग्रता बनाएको श्रम संस्कृति पार्टीका सानबहादुर राईले ११ हजार ९ सय ३२ मत प्राप्त गर्नुभएको छ । यता देशभर विजयको लहर ल्याएको राष्ट्रिय स्वतनत्र पार्टीका दिनेश भण्डारीले ९ हजार ९ सय ४४ ल्याउनु भएको छ ।
नेपाली कम्युनिस्ट पार्टीका धर्मराज पौडेलले १ हजार ६ सय ६५ मत पाउँदा राष्ट्रिय प्रजातन्त्र पार्टीका बिभत्सु थापाले ७ सय ४ मत ल्याउनुभएको छ । त्यसैगरी मङ्गोल नेशनल अर्गनाइजेसनका सागर राई ८२, सङ्घीय लोकतान्त्रिक मञ्चका बालकुमार ताम्लीले ६५ मत ल्याउनु भएको छ ।
अहिलेसम्म जसपा नेपालका आइतराज लिम्बूको ४ सय ३२ मत प्राप्त भएको छ । त्यसैगरी नेमकिपाका उत्तम साखकर्मीको २२, राष्ट्रिय परिवर्तन पार्टीका शालिकराम राईले २ सय ३८, नेकपा (माओवादी)का रबिन कुमार राईले १ सय ३२ मत, जसपाका निशान राईले २ सय ३८, आम जनता पार्टीका प्रेमबहादुर थापाको ४८, स्वतन्त्र उम्मेदवारहरु जीतेन्द्र राईको ९१, मनकुमार योन्जनको ५६ र लाक्पा तामाङले १ हजार १ सय ८१ मत प्राप्त भएको छ ।


प्रतिक्रिया दिनुहोस