धनकुटाको सहिदभुमीमा पिकअप दुर्घटना हुँदा ४ जना घाइते
धनकुटा । धनकुटाको सहिदभुमी गाउँपालिकामा पिकअप दुर्घटना हुँदा ४ जना घाइते भएका छन् ।
आज दिउँसो २ बजेतिर सहिदभुमि गाउँपालिका वडा नं. ३ ढोडे स्थित भित्रि सडक खण्डमा गुर्धुमबाट पञ्चकन्यातर्फ जाँदै गरेको को १ ज २२९५ नं. पिकअप आफैँ अनियत्रित भई सडकबाट अन्दाजी २ सय मिटर तल खसि दुर्घटना हुँदा ४ जना घाइते भएका हुन् ।
सो दुर्घटनामा परी घाइते हुनेमा चालक सहिदभुमि १ का २१वर्षीय पुर्ण राईको टाउकोमा गहिरो चोट लागेको छ । सोही दुर्घटनामा परि गम्भीर घाइते भएका सोही स्थानका १६ वर्षीय अबिन राई पनि गम्भीर घाइते भएका छन् ।
त्यसैगरी सहिदभुमी १ कै ३५ वर्षीय मिना तामाङको पनि अवस्था गम्भीर रहेको र थप उपचारका लागी धरानस्थित बिपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा रेफर गरिको प्रहरीले जनाएको छ ।
त्यसैगरी सोही स्थानमा १६ वर्षीय अमित राई पनि घाइते भएका छन् । उनको धनकुटाको हिले स्थित मेडिकलमा उपचार भई रहेको प्रहरीको भनाइ छ ।


प्रतिक्रिया दिनुहोस