पशु चिकित्सवहरुलाई दिइयो पशुमा लाग्ने रोग पहिहानका लागि तालिम
धनकुटा । धनकुटा र तेह्रथुमका पशु चिकित्सकलाई लक्षित गर्दै पशुहरुमा लाग्ने विभिन्न प्रकारका रोगहरुका नमुना संकलन, प्रेषण तथा रिपोर्टिङ सम्बन्धी दुई दिने तालिम दिइएको छ ।
कृषि तथा पशुपंक्षी बिकास मन्त्रालय अन्तर्गतको पशु सेवा बिभाग र खाद्य तथा कृषि संगठनको आयोजनामा भएको पशुहरुमा लाग्ने विभिन्न प्रकारका रोगहरुका नमुना संकलन, प्रेषण तथा रिपोर्टिङ सम्बन्धी दुई दिने तालिम दिइएको हो ।
भेटेरीनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र धनकुटाको संयोजनमा भएको दुई दिने सो तालिममा धनकुटा र तेह्रथुमका १५ जना पशु चिकित्सकहरुको सहभागीता रहेको थियो ।
पशुहरुमा लाग्ने रोगको पहिचानका लागि पशुमा रोग लाग्नु अघि अपनाउनुपर्ने सतर्कता, रोगको पहिचान, स्वाव संकलन, परिक्षण, प्याकिङ, ढुवानी लगायतका विषयमा खाद्य तथा कृषि संगठनका डा शर्मिला चापागाईं र पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला विराटनगरका डा सुलेस्वर मण्डल प्रशिक्षण दिनुभएको थियो ।
दुई दिनसम्म सञचालन भएको सो तालिममा धनकुटाको सात वटा र तेह्रथुमका ६ वटा पालिका र दुबै जिल्लाका भेटेरीनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्रका पशु विज्ञको सहभागीता रहेको थियो ।
सो तालिममा सहभागीहरुलाई उद्योग, कृषि तथा सहकारी मन्त्रालय कोशी प्रदेश सचिव डा पशुपति ढुंगाना, खाद्य तथा कृषि संगठनका डा शर्मिला चापागाईं र पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला विराटनगरका डा सुलेस्वर मण्डल, भेटेरीनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्रका निमित्त प्रमुख हिमा गौतम लगायतले प्रमाणपत्र वितरण गर्नुभएको थियो ।
सामाग्री हस्तान्तरण
सो कार्यक्रमपछि उद्योग, कृषि तथा सहकारी मन्त्रालय कोशी प्रदेशले धनकुटा र तेह्रथुमका सबै स्थानीय तहहरुलाई पशुहरुमा लाग्ने रोग पहिचानका लागि चाहिने आवश्यक उपकरणहरु हस्तान्तरण गरेको छ ।
उद्योग, कृषि तथा सहकारी मन्त्रालयले धनकुटामा आज आयोजित कार्यक्रममा धनकुटा र तेह्रथुमका १३ वटा स्थानीय निकायका पशु शाखाका प्रमुख तथा प्रतिनिधि, धनकुटा र तेह्रथुमका भेटेरीनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्रका प्रमुख तथा प्रतिनिधिलाई पशुहरुमा लाग्ने रोग पहिचानका लागि चाहिने आवश्यक उपकरणहरु हस्तान्तरण गरेको हो ।
पशुहरुमा लाग्ने रोग पहिचानका लागि चाहिने आवश्यक उपकरणहरु हस्तान्तरण गर्दै कोशी प्रदेशका उद्योग, कृषि तथा सहकारी मन्त्रालयका प्रदेश सचिव डा पशुपति ढुंगानाले स्थानीय तहबाटै पशुहरुमा लाग्ने रोगको पहिचान गर्न सहज होस् भनेर रोग परिक्षण, स्वा संकलन, कटि, पिपिए लगायतका उपलब्ध गराइएको जानकारी दिनुभयो ।


प्रतिक्रिया दिनुहोस