ब्लड क्यान्सर पीडितको उपचारका लागि लम्जेल परिवारद्वारा सहयोगको याचना
धनकुटा । ब्लड क्यान्सर पीडित धनकुटाकी सुष्मा लम्जेल (रोक्का) को उपचारका लागि लम्जेल परिवारले सहयोगको याचना गरेको छ ।
धनकुटा नगरपालिका वडा नं. ७ माइत घर भई हाल ललितपुरको जावलाखेलस्थित ब्लड बैंकमा भर्ना भएकी ३२ वर्षीय सुष्मा लम्जेलको बोनम्यारो ट्रान्सप्लान गर्नुपर्ने अस्पतालले जनाएको छ ।
बोनम्यारो ट्रान्सप्लान गर्न ३५ लाख रुपैयाँ भन्दा बढी लाग्ने भएपछि उनका दाजु हरिबहादुर लम्जेलले बहिनीको उपचारका लागि सहयोगको याचना गर्नुभएको हो । सुष्माको उपचारका लागि अहिलेसम्म ७ लाख रुपैयाँ सहयोग जुटिसकेको बताइएको छ ।
उनलाई गत मंसिरमा डेंगी संक्रमण भएको थियो । त्यहीबेलादेखि नै सेतो रगतको अभाव भएको चिकित्सकले बताएका छन् । उनको बोनम्यारो ट्रान्सप्लानका लागि बढी खर्चिलो हुने भएपछि उनका दाजु हरिबहादुर लम्जेलको नाममा लक्ष्मी सनराइज बैंकमा खाता खोलिएको छ ।

उनको उपचारका लागि लक्ष्मी सनराइज बैंकको खाता नं. ०९०१७२५२९४२०५००१ मा सहयोग गर्न उनको परिवारले अपिल गरेको छ । उनलाई भाई अमिर लम्जेलको बोनम्यारो दिने बताइएको छ । उनको सोमबार बोनम्यारो ट्रान्सप्लान हुने भएको छ ।
बोनम्यारो ट्रान्सप्लानपछि पनि लामो समयसम्म उपचार गरिरहनुपर्ने भएकाले पनि सहयोगको याचना गरिएको हो । उनी केही समयअघि धनकुटामा रहेर पत्रकारीता गर्थिन् ।


प्रतिक्रिया दिनुहोस