१६औँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा १५ लाख ४० हजार १६ रुपैयाँ खर्च
धनकुटा । धनकुटा जिल्ला खेलकुद विकास समितिद्वारा आयोजित १६औँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८२ को खर्च विवरण सार्वजनिक गरिएको छ ।
साँगुरीगढी गाउँपालिका वडा नं. ५ डाँडाबजारस्थित श्री भानु माध्यमिक विद्यालयमा आयोजित कार्यक्रममा विद्यालयका प्रधानाध्यापक कमल सुब्बाले प्रतियोगिताका लागि प्राप्त भएको करिब १० लाख रुपैयाँ तथा खर्च भएको रकमको सम्पूर्ण विवरण सार्वजनिक गर्नुभएको हो ।
उहाँका अनुसार प्रतियोगिताको कुल खर्च भ्याटसहित १५ लाख ४० हजार १६ रुपैयाँ १० पैसा पुगेको छ। सो खर्च खेल सामग्री, जर्सी, ट्रफी, मेडल, प्रमाणपत्र, साउण्ड सिस्टम, व्यवस्थापन खर्च लगायत विभिन्न शीर्षकमा गरिएको भएको प्रधानाध्यापक लिम्बुले जानकारी दिनुभयो ।
प्रधानाध्यक लिम्बुले एक कार्यक्रमको आयोजना गरी सो प्रतियोगितामा भएको खर्च विवरण सार्वजनिक गर्नुभएको हो । सो कार्यक्रममा साँगुरीगढी गाउँपालिका वडा नं. ५ का वडा अध्यक्ष खड्का लिम्बु लगायत, स्थानीयवासी, शिक्षक, खेलप्रेमी तथा सरोकारवालाहरूको सहभागीता रहेको थियो ।
विद्यालय तहका खेल प्रतिभालाई प्रोत्साहन गर्ने उद्देश्यले सञ्चालन हुँदै आएको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता जिल्लाकै महत्वपूर्ण खेलकुद कार्यक्रमका रूपमा रहेको छ।


प्रतिक्रिया दिनुहोस