धनकुटामा मोवाइल तथा मल्टिमिडिया सम्बन्धी आधारभूत पत्रकारीता तालिम शुरु

धनकुटा FM
९ जेठ २०८३, शनिबार

धनकुटा । धनकुटामा मोवाइल पत्रकारीता तथा मल्टिमिडिया सम्बन्धी आधारभूत पत्रकारीता तालिम आजदेखि धनकुटामा शुरु भएको छ ।

आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशको सहयोगमा नेपाल पत्रकार महासंघ धनकुटाको आयोजनामा आजदेखि चार दिने मोबाइल पत्रकारिता तथा मल्टिमिडिया आधारभूत पत्रकारिता तालिम शुरु भएको हो ।

सो तालिमको उद्घाटन गर्दै कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री इन्द्रमणी पराजुलीले प्रदेश सरकारले सञ्चार क्षेत्रको सुदृढीकरणलाई प्राथमिकतामा राखेको बताउनुभयो । मन्त्री पराजुलीले सञ्चारमाध्यमलाई समयअनुकूल व्यवस्थित गर्दै आवश्यक सहयोगका साथ अघि बढ्ने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो ।

मन्त्री पराजुलीले विज्ञान तथा प्रविधिको तीव्र विकाससँगै सञ्चार क्षेत्रलाई अझ प्रभावकारी र प्रतिस्पर्धी बनाउन आवश्यक नीति, कार्यक्रम तथा बजेट व्यवस्थापनमा प्रदेश सरकार सकारात्मक रहेको उल्लेख गर्नुभयो । सञ्चारमाध्यमको आवश्यकता अनुसार कानुनी तथा नीतिगत व्यवस्था निर्माणलाई पनि प्राथमिकता दिइने उहाँको भनाइ थियो ।

जिल्लाका तालिममा ३३ जना सहभागी रहेको सो तालिमको उद्घाटन कार्यक्रममानेपाल पत्रकार महासंघ धनकुटाका संस्थापक अध्यक्ष सन्जय सन्तोषी राई, राससका निवर्तमान महाप्रवन्धक सिद्धराज राई लगायतको उपस्थिती रहेको थियो । नेपाल पत्रकार महासंघ धनकुटाका अध्यक्ष विदुर खवासको अध्यक्षतामा शुरु भएको सो तालिमको उद्घाटन कार्यक्रम सचिव हरिबहादुर लम्जेलले गर्नुभएको थियो ।