माधव नेपालको भाग खोस्न गठबन्धन परिवर्तन गरेका प्रचण्डको रोइलो
जनतामा फेरि ढाट्दै भन्छन -मेरो लक्ष सत्ता होइन
काठमाडौं,२४ फागुन । कांग्रेससँगको सत्ता गठबन्धनमा १४ महिना प्रधानमन्त्री बनेका प्रचण्डले गठबन्धनको सहमति अनुसार केही महिना पछि नेकपा एसका अध्यक्ष माधव नेपाललाई प्रधानमन्त्री छाड्नु पर्ने भएपछि सत्ता गठबन्धन नै परिवर्तन गरेर थप समय लम्याएका छन् । कांग्रेस सँगको गठबन्धनमा भएको सहमति अनुसार २ वर्ष माओवादी,एक वर्ष नेकपा एस र पछिल्लो २ वर्ष कांग्रेसले आलोपाले प्रधानमन्त्री चलाएर गठबन्धनलाई पाँच वर्ष टिकाइरख्ने थियो ।
तर गत २१ गतेबाट प्रधानमन्त्री दाहालले नेकपा एमालेसँग गठबन्धन गरेर फेरी २ वर्षको प्रधानमन्त्री पक्का गरेपनि उनको यो गठबन्धनमा सहज र लामो हुने सम्भावना निकै कम छ । यद्यपि उनले आफुलाई सत्ताको लक्षमा नहिडेको दाबी समेत गर्न भ्याएका छन् । प्रधानमन्त्री दाहालले
बिहीबारको संसद बैठकमा सम्बोधन गर्दै आफ्नो लक्ष्य सत्ता नभई देशमा सुशासन, सामाजिक न्याय र समृद्धि कायम गर्ने रहेको भनेर जनतालाई फेरि एक पटक ढाँटेका छन् । “मलाई विश्वास छ, हामीले एकै ठाउँमा उभिएर शासनका लक्ष्यहरू हासिल गर्नेछौँ,” प्रधानमन्त्री प्रचण्डले भने, “गठबन्धनका सबै घटकका तर्फबाट म सङ्कल्प गर्दछु, हाम्रो लक्ष्य सत्ता हुने छैन, सुशासन, सामाजिक न्याय र समृद्धि हुनेछ ।” तर उनको यो राइलोलाई आम नागरिकले सत्ता भन्दा माथि प्रचण्ड नरहेको टिप्पणी गरेका छन् ।

धनकुटा एफ. एम.
प्रतिक्रिया दिनुहोस