धनकुटाका पत्रकारलाई दिइयो आचारसंहिता तालिम
धनकुटा । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचन लक्षित गरेर धनकुटाका पत्रकारलाई आचारसंहिता सम्बन्धि एक दिने अभिमुखिकरण तालिम दिइएको छ ।
नेपाल पत्रकार महासंघ धनकुटाको आयोजनामा बुधबार धनकुटामा भएको एक दिने अभुमुखीकरण तालिममा धनकुटामा कृयाशिल पत्रकारहरुको सहभागिता रहेको थियो ।
आन्तरिक मामिला तथा कानुन मन्त्रालयको आर्थिक सहयोग र नेपाल पत्रकार महासंघ कोशी प्रदेशसंगको सहकार्यमा भएको सो कार्यक्रममा धनकुटाका सहायक प्रमुख जिल्ला अधिकारी तथा निर्वाचन आचारसंहिता अनुगमन अधिकृत लक्ष्मीप्रसाद रेग्मी र जिल्ला निर्वाचन कार्यालय धनकुटाका निर्वाचन अधिकारी माधवप्रसाद अधिकारीले निर्वाचनमा सन्चारकर्मीहरुले निर्वाचनमा पुर्ण रुपमा आचारसंहिता कार्यान्वयन गर्नुपर्नेमा जोड दिनु भयो । उहाँहरुले निर्वाचनलाई भयरहित बनाउन आचारसंहिता कार्यान्वयनमा कडाई गरेको जानकारी दिनुभयो ।
सो तालिममा नेपाल पत्रकार महासंघ धनकुटाका अध्यक्ष बिदुर खवास, संस्थापक सन्जय सन्तोषी राई लगायतले बोल्नु भएको थियोे । सो कार्यक्रमको सन्चालन सचिब हरिबहादुर लम्जेलले गर्नु भएको थियो ।


प्रतिक्रिया दिनुहोस