शान्ति स्थापना कार्यका लागि इराकमा तैनाथ २१ नेपाली सैनिक बदली
काठमाडौं,२४ पुस । संयुक्त राष्ट्रसंघको आह्वानमा शान्ति स्थापना कार्यको लागि इराकमा तैनाथ नेपाली सैनिकलाई बदली गर्न २१ जना शान्ति सैनिकहरु मिसन इलाकातर्फ प्रस्थान गरेका छन् । प्रमुख सेनानी राजेन्द्र पराजुलीको कमाण्डमा गएको उक्त टोलीले बदली गर्ने युनिटका २१ जना शान्ति सैनिकहरु बुधबार स्वदेश फिर्ता हुने कार्यक्रम रहेको छ ।
हाल उक्त मिसनमा ८८ जना नेपाली शान्ति सैनिकहरू कार्यरत रहेको नेपाली सेनाले जनाएको छ । शान्ति स्थापना कार्यमा खटिेर नेपाली सेनाले विभिन्न मुलुकमा नेपालप्रति सकारात्मक छाप बनाएको छ । शान्तिकार्यमा नेपाली सेनाको सविश्वसनीयता अझ बढ्नै गएको नेपाली सेनाका प्रवक्ता कृष्णप्रसाद भण्डारीले बताए ।


धनकुटा एफ. एम.
प्रतिक्रिया दिनुहोस