नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघ ओखलढुंगाको अध्यक्षतामा बलराज तामाङ
ओखलढुंगा,१९ फागुन । नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको ओखलढुंगाको जिल्ला अधिवेशनबाट नयाँ कार्यसमिति चयन भएको छ । शनिबार पार्टी कार्यालय वीपी स्मृति भवनमा सम्पन्न प्रथम अधिवेशनबाट बलराज तामाङको अध्यक्षतामा सर्वसहमत नयाँ कार्यसमिति चयन भएको हो ।
नेपाली कांग्रेसका जिल्ला सभापति तेजन खनालको प्रमुख आतिथ्यता तथा केन्द्रिय प्रतिनिधि चन्द्र खालिंग राईको विशिष्ट आतिथ्यतामा अधिवेशन सम्पन्न भएको थियो । महासंघको उपाध्यक्ष काजी राई,चित्र गुरुङ,सचिव भोलाराज राई, सृजना सुनुवार, सह सचिव चन्द्र कान्त सुनुवार, नैन बहादुर लुंगेली मगरसहित २१ सदस्य कार्यसमिति सर्वसहमतिबाट निर्वाचित भएको नव निर्वाचित अध्यक्ष बलराज तामाङले जानकारी दिए ।
त्यस्तै सदस्यहरुमा सोभा मगर, युटी शेर्पा, कल्पना श्रेष्ठ, अनिसा तामाङ,राजमान तामाङ,मनोज तामाङ,रेवत मगर, दिपेन्द्र तामाङ,असोक सिङ्दन,रत्न बहादुर सुनुवार,फुर्छोकि शेर्पा, निर्प बहादुर भुजेल,वाङदा शेर्पा र सुनिल मगर रहेका छन् ।

धनकुटा एफ. एम.
प्रतिक्रिया दिनुहोस